बस झ्याप्ले खोलामा खस्यो, खुसी क्षणभरमै खोसियो

  • जनबोली न्यूज नेटवर्क
  • बिहिबार १० ब‌ैशाख, २०७२

Dhading Accidentधादिङ । पवित्र तीर्थस्थल पशुपतिनाथको दर्शनपछि उनीहरु प्रशन्न मन बनाएर घर फर्कँदै थिए। बस काठमाडौं खाल्डोलार्इ छाडेर थानकोटबाट ओरालो लाग्यो। बस विस्तारै गुडिरहेको थियो। सबै आआफ्नै धुनमा रमाउँदै थिए ।

अचानक एउटा भयानक विपत्ति आइलाग्यो, सडकको बस झ्याप्ले खोलामा खस्यो, सबै खुसी क्षणभरमै खोसियो ।

पशुपतिनाथ दर्शन गरेर पुण्य कमाएका उनीहरुमाथि भगवान समेत निर्दयी बन्न पुगे।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहप्रदेश गुजरातबाट दुर्इवटा गाडीसहित आएका उनीहरुले मंगलबार पशुपतिनाथको दर्शन गरेपछि लगेको फूलपातीसमेत घर पुर्याउन पाएनन् ।

पशुपतिको दर्शनका लागि गुजरातबाट दुर्इवटा बसमा आएका अधिकांश तिर्थालु दम्पती थिए ।आराध्यदेव पशुपतिनाथको दर्शन गरेर घर फर्केकामध्ये १७ जना यात्रुले काठमाडौं खाल्डो काट्न नपाउँदै भयानक दुर्घटनामा ज्यान गुमाउनुपर्यो ।

पशुपतिनाबाट लिएर गएको फूलपातीसँगै उनीहरुको जीवन पनि धादिङको झ्याप्ले खोलामा सदाका लागि हरायो। बस दुर्घटनामा ज्यान गुमाउनेका अधिकांश नातागोता यात्रु घाइते भएका छन् ।

घाइते यात्रुहरु आँखाभरी आँसु बनाउँदै विलौनाग गर्दैथिए, ‘पशुपति दर्शन गरेर फर्कँदा यति भयानक दुर्घटना होला भन्ने कल्पना पनि गरेका थिएनौं ।’

तीर्थयात्रुलार्इ धर्मकर्मका लागि नेपाल लिएर आएक दुर्घटनाका प्रत्यक्षदर्शी तथा गुजरातको श्रीहरि टुर्स एण्ड ट्राभलमार्फत ट्राभल्सका प्रतिनिधि प्रेमजी भाइ यो घटनापछि स्तब्ध छन् ।आजको अन्नपुर्णमा समाचार छ ।

सम्बन्धित खबरहरु