एजेन्सी । जुन युवतीलाई म्याथबाट डर लाग्थ्यो, तिनै युवतीको फोटो सोसल साइटमा हट म्याथ टिचरका रुपमा प्रख्यात भइरहेको थियो । आजकल इन्टरनेटमा अलग अलग प्रकारका तस्वीर र भिडियोहरु भाइरल भइरहेका हुन्छन् । कुनै समय गलत नाम र गलत हेडलाइनसंगै केही यस्ता चीजहरु भाइरल भइरहेका हुन्छन्, जसको टाढा टाढासम्म पनि कुनै सम्बन्ध हुँदैंन् । यस्तै एउटा घटना बेलारुसमा भएको छ । बेलारुसमा बस्दैं आएकी १७ वर्षीया युवतीसँग पनि सोसल मिडियामा यस्तो घटना भयो ।
उनलाई दुनियाँकै हट म्याथ टिचरका भनेर भाइरल बनाइएको थियो, जबकी उनी अहिले पनि स्टुडेण्ट नै हुन् । बेलारुसको राजधानी मिन्स्कमा बस्दैं आएकी ओकसाना नेवेसेलाया नामकी युवतीको फोटो दुनियाँकी सबैभन्दा हट म्याथ टिचरका रुपमा भाइरल भइरहेको थियो । तर, वास्तविकतामा ओकसाना स्वयंम चाहिँ एक १७ वर्षकी विद्यार्थी हुन् । रोचक त के भने उनलाई म्याथ देखि निकै डर लाग्छ । उनी आफ्नो जीवनमा म्याथदेखि निकै डराउँछिन् । सोसल साइटमा एक भिडियो भाइरल भइरहेको थियो, जसमा एक शिक्षिका बच्चाहरुलाई म्याथ पढाइरहेकी थिइन् । भिडियोमा रहेकी ती शिक्षिका काफी रुपमा ओकसाना जस्तै देखिन्थिन् । त्यसकारण मानिसहरुले सम्झे कि भिडियोकी शिक्षिका ओकसाना नै हुन् ।
तर, भिडियोमा बच्चाहरुलाई म्याथ पढाइरहेकी ती युवती कोही अरु नै थिइन् । तर, ओकसाना पनि कम लोकप्रिय छैनन् । उनलाई सोसल मिडियामा लगभग ७।५ लाख फ्लोअर्स छन् । उनी आफ्नो फोटो र भिडियो पोष्ट गर्छिन् । तर, वास्तविक जीवनमा उनको म्याथसँग कुनै सम्बन्ध छैन् ।