चार दाता राष्ट्रले शान्तिकोषलाई सहयोग गर्न नसक्ने

  • जनबोली न्यूज नेटवर्क
  • बिहिबार १० ब‌ैशाख, २०७२

un-flagकाठमाडौं । नेपालका प्रमुख चार दाता राष्ट्रले शान्तिकोषलाई सहयोग गर्न नसक्ने भन्दै अलग भएको घोषणा गरेका छन्। अलग्गिनेमा बेलायत, नर्बे, डेनमार्क र स्विट्जरल्यान्ड छन्।

चारै देशका राजदूतले शान्ति तथा पुनर्निर्माणमन्त्री नरहरि आचार्यसँग मंगलबार भेटी कोषबाट अलग भएको निर्णय सुनाएका थिए।

अर्बौं रकम जम्मा भएको कोषको रकम नेपालको शान्ति प्रक्रियाका विभिन्न गतिविधिमा खर्च गरिँदै आएको छ।

सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगका दैनिक गतिविधि र त्यसमार्फत द्वन्द्वपीडितलाई सहयोग गर्ने गरी सरकारले सो कोषको रकम खर्च गर्ने योजना बनाएपछि यी चार राष्ट्रले असहमति जनाएका थिए।

मन्त्री आचार्यसँगको भेटमा बेलायती सहयोग नियोग (डीएफआईडी) का प्रमुख, नर्बे, डेनमार्क र स्विट्जरल्यान्डका राजदूतले नेपालको शान्तिप्रक्रियालाई सघाउने तर शान्ति कोषलाई सघाउन नसक्ने जानकारी गराएका थिए।

उनीहरू अलग्गिने भए पनि नेपालस्थित युरोपेली युनियन र अमेरिकी सहयोग नियोग यूएसएड ले भने सहयोग गर्ने भएका छन्।आजको अन्नपुर्ण पोष्टमा समाचार छ ।

सम्बन्धित खबरहरु

भारतमा भर्खरै भूकम्प
  • सोमबार ५ असोज, २०७७