मत्स्येन्द्रनाथको रथ को पाङ्ग्रा ढलमा फस्यो

  • जनबोली न्यूज नेटवर्क
  • बिहिबार १० ब‌ैशाख, २०७२

Machhindranath1ललितपुर । रातो मत्स्येन्द्रनाथ को रथ को पाङ्ग्रा ढलमा फसेकोले बुधवार जात्रा रोकिएको छ ।

बुङ्मतीको ईखाटोलबाट तानेर सुरु गरेको रथ एकसय मिटर जतिपर पुगेपछि नै रथको वायाँपट्टकिो दुबै पाङ्ग्रा ढलमा खसेपछि रथ तान्न नसकेको हो ।

अव बिहिबार रथलाई सोह्रखुट्टेपाटीतर्फ तानिने गुठी संस्थान ललितपुर शाखा कार्यालयका प्रमुख रुद्रनाथ अधिकारीले बताए ।

जात्रा अवलोकन गराउन बुङ्मतीमा जीबित देवीको रुपमा रहेको कुमारीलाई जाहोलाखेलमा विराजमा गराईएको थियो । यसअघि विहान कुमारीलाई ईखाटोलमा विराजमान गराइराखेको थियो ।

जात्राको अघिल्लो पंक्तिमा च्यासलटोलका दुईजना ब्यङ्जनकारले काहा (इन्द्रबाजा) फुकेर बजाउँदै रथलाई अगाडि वढाएको थियो ।

जात्रामा राजप्रतिनिधिको रुपमा ललितपुरमा १७ औं शताब्दीका राजा सिद्धिनरसिंह मल्लको ऐतिहासिक राजखडगलाई छत्रले ओढाई राजकिय सम्मानका साथ ल्याएर रथमा राखिएको थियो । आजको कान्तिपुरमा समाचार छ ।

सम्बन्धित खबरहरु

दुई पुरुष मृत अवस्थामा फेला
  • शनिवार ३ असोज, २०७७
दुर्घटनामा ७ जनाको मृत्यु
  • शनिवार ३ असोज, २०७७