Janaboli Raasiआजको राशिफल

वि.सं.२०७२ साल वैशाख १० गते। बिहीबार।

शकसंवत् १९३७। इश्वी सन् २०१५ अप्रिल २३ तारिख।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries :

नयाँ काम सुरु गर्ने समय छ। मनग्ये धनलाभ हुनेछ। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्। विशेषगरी नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला। रोकिएका काम पुन: सुरु हुन सक्छन्। कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला। परिवारजनका आकांक्षा भने पूरा गर्न नसकिएला।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus :

मान–सम्मान बढ्नेछ। बोलीको प्रभाव बढ्नुका साथै सजिलै काम बन्ने योग छ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले काममा साथ दिनेछन्। राम्रै फाइदाको अवसर छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। पठन–पाठनमा प्रगति हुनेछ। विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus :

इच्छाशक्ति बढ्नुका साथै काममा उत्साहजनक समय छ। प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनेछ। प्रशंसकहरू बढ्नेछन्। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। नयाँ वस्त्र र स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिएर जाला। कामबाट पनि सजिलै फुर्सद पाइनेछ। प्रसन्नता मिल्ने समय छ।

कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer :

काममा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। आफ्नै कमजोरीले विवादमा परिने योग छ, सचेत रहनुहोस् । प्रतिस्पर्धामा पनि केही कमजोर सावित भइएला। आफन्तबाट समेत टाढिनुपर्ने समय छ । वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ लिन सकिनेछ । स्थानान्तरण र टाढाको यात्रा पनि सम्भावना छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo :

आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि तथा पशुपालनमा कम र व्यापारमा सामान्य फाइदा हुनेछ। गरेका कामबाट लाभै हुनेछ। तर, तत्काललाई धेरै श्रमपछि कम मूल्य पाइने योग छ। भएको आम्दानी र सञ्चित रकम खर्च गर्नुपर्ला। लगानीको तुलनामा कम प्रतिफल पाइएला। र, दिगो फाइदा हुने काम भने अवरुद्ध बन्न सक्छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :

आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक पहुँच बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। व्यापारमा प्रशस्त फाइदा हुनेछ। काममा मातापिताको सहयोग प्राप्त होला। प्रतिष्ठित काम गर्ने मौका छ। अरूलाई प्रभावित पारेर काम बनाउन सकिएला। कर्मसिद्धिको समय छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra :

सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। रोकिएका काम समेत सम्पादन हुनेछन्। नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ। धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ। पढाइमा पनि राम्रै प्रगति हुनेछ। परिश्रम परे पनि काममा सफलता मिल्नेछ। मंगलमय कृत्य सम्पादन गर्ने वा तीर्थाटनको योग छ। प्रयत्न गर्दा भाग्योन्नतिको समय छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio :

काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ। सहयोगीहरूले सहयोगका लागि तत्परता देखाउनेछन्। गोप्य रहस्य पत्ता लगाउन सकिनेछ। नसोचेको धन लाभ हुन सक्छ। तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ। स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुनेछ, इष्टदेवको पूजा–उपासना गर्दा फाइदा होला।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :

व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ। व्यावसायिक यात्रा सम्भावना छ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ। दिन मनोरञ्जनपूर्ण रहनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ। सहयोगीहरूको साथ मिल्नेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। मित्रता र प्रेमको बन्धन कसिने बेला छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) Capricorn :

टाढाको यात्रा व्यवस्थापनमा खर्च बढ्नेछ। केही चुनौतीहरू देखिनेछन्। अप्ठ्यारा परिस्थिति पनि सामना गर्नुपर्ला। गरी आएका काम र व्यापार–व्यवसायमा सामान्य फाइदा हुनेछ। अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। शोख पूरा गर्नमा खर्च हुनेछ। तापनि, मौकाको फाइदा लिन सकिनेछ। शत्रु र रोगबाट छुटकारा मिल्नेछ। मुद्दा–मामिलामा विजयी भइएला।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius :

आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ। प्रयत्न गरेका काम ढिलै भए पनि सम्पादन हुनेछन्। उपलब्धि राम्रै पाइनेछ। पढाइलेखाइमा प्रगति हुनेछ। बौद्धिक कार्यबाट धनलाभ हुनेछ। पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला। व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ। तापनि, सन्तान वा अनुयायीका माध्यमबाट सामान्य काम बन्ने देखिन्छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces :

साथीभाइ र समाजबाट टाढिनुपर्ला। एक्लोपनाको अनुभूति हुनेछ। काममा अवरोध गर्नेहरू सक्रिय हुनेछन्। विश्वासपात्रबाटै धोका पाइने समय छ, सचेत रहनुहोला। विभिन्न अवसर भने आउनेछन्। तर, समयमा निर्णय लिन नसकिएला। यसले हातमा आएको मौका गुम्न सक्छ। परिवारजनको सहयोगबाट लाभ होला। पशुधन र जमिनबाट पनि फाइदा मिल्नेछ।

सम्बन्धित खबरहरु