सरकारको शतकिय पारीमा बंगलादेशद्वारा पाकिस्तानमाथि क्लिनसिट

  • जनबोली न्यूज नेटवर्क
  • बिहिबार १० ब‌ैशाख, २०७२

BAN vs PAKबंगलादेशले तेस्रो तथा अन्तिम खेलमा पाकिस्तानलाई ८ विकेटले पराजित गरेको छ । बंगलादेशको घरेलु मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको पाकिस्तानले ४९ ओभरमा सबै विकेट गुमाउँदै २५० रन जोडेको थियो ।

पाकिस्तानका लागि अजहर अलिले सर्वाधिक १०१ रन बनाएका थिए । डेब्यु म्याचमा सामी अस्लम ले ४५ रन बनाएका थिए । ५२ रन जोडेका हरिस सोहेल र साद नासिमले टोलीले २२ रन जोडेका थिए भने अरु ब्याट्स्म्यानले दोहोरो खाता खोल्न सकेनन् । बंगलादेशका लागि मसरफे मोर्ताजा, रुबेल हसन, अराफत सन्नी र शाकिब अल हसनले २–२ विकेट लिएइ भने नासिर होसेनले १ विकेट लिएका थिए ।

जवाफी मैदानमा उत्रिएको बंगलादेशले पहिलो विकेटका लागि तामिम ईक्बाल र सोम्या सरकारले १४५ रनको साझेदारी गरेका थियो । तामिम ईक्बाल ६४ रनमा जुनैद खानको लेग बलमा आउट भए लगतै मैदानमा उत्रिएका महमुदुल्लाह ४ रनमा बोल्ड भए ।

मुसफिकर रहिम र सोम्या सरकारले पारीलाई निरन्तरता दिए र २५१ रनको लक्ष्य ६३ बल अगावै विजयी जित दर्ता गर्यो । सोम्या सरकारले सर्वाधिक अविजित १२७ रन जोडेका थिए भने रहिमले अविजित ४९ रन जोडेका थिए । यस सँगै बंगलादेशले तीन म्याचको श्रृंखला ३–० ले जित्दै सिरिज क्लिन सिट गरेको छ ।

सम्बन्धित खबरहरु