जानौं कुन उमेरका व्यक्तिले कति घण्टा सुत्ने जरुरी !


काठमाडौ । हरेक व्यक्तिको अनिवार्य आश्यकता हो सुत्नु । तर धेरैले यो जानेका हुदैनन् कि ? कति घन्टा सुत्दा शरीरलाई उपर्युक्त हुन्छ भनेर उमेर र विभिन्न व्यक्तिको जीवनशैली अनुसार सुताईमा भर पर्छ । स्लिप हेल्थ जर्नलमा प्रकाशित अनुसार कुनै पनि व्यक्ति स्वस्थ रहन निम्न समय सुत्नुपर्छ :

  • नवजात शिशु (तीन महिनासम्मको) हरेक दिन १४ देखि १७ घन्टा सुत्नुपर्छ ।
  • १ देखि २ वर्षको बच्चा हरेक दिन ११ देखि १४ घन्टा सुत्नुपर्छ
  • स्कुल जाने उमेर नपुगेका भएका बालबालिका (तीनदेखि पाँच वर्ष) दैनिक १० देखि १३ घन्टा सुत्नुपर्छ ।
  • स्कुल जाने बालबालिका ९६ देखि १३ वर्ष उमेर० का बालबालिका हरेक दिन ९ देखि ११ घन्टा सुत्नुपर्छ ।
  • किशोरकिशोरी (१४ देखि १७ वर्ष) किशोर किशोरी हरेक दिन ८देखि १० घन्टा सुत्नुपर्छ ।
  • १८ देखि २५ वर्षका युवा युवतीहरु दैनिक ७ देखि ९ घन्टा सुत्नु आवश्यक छ ।
  • २६ वर्षदेखि ६४ वर्षका वयस्यकरु दिनमा ७ देखि ९ घन्टा सुत्नुपर्छ ।
  • ६५ वर्षका पाका मानिसहरुलाई दैनिक ७ देखि ८ घन्टा सुत्दा पर्याप्त हुन्छ ।
  • गर्भवती महिला राती ८ घन्टा र दिनमा दुई घन्टा अनिवार्य सुत्नु पर्छ ।
प्रतिक्रिया दिनुहोस्