काठमाडौ । दूधलाई प्राचीन खाद्यपदार्थका रूपमा लिइन्छ । यो निकै पोसिलो खाद्यपदार्थ मानिन्छ । जुन कुरा प्रमाणित पनि भइसकेको छ । यसबाट प्रोटिन, क्याल्सियम, भिटामिन, क्यलोरिज र फ्याट पाइन्छ । यसका कैयौँ फाइदा हुँदाहुँदै पनि स्वस्थ मान्छेले भने दूधको प्रयोग नगर्दा राम्रो हुन्छ । किनभने दूधका पनि केही बेफाइदा छन् :

 

कसले खाने ?
बढ्दो उमेरका बालबालिकाका लागि दूध अनिवार्य खाद्यपदार्थ हो । त्यस्ता बालबालिकाका लागि न्युट्रेसनको आवश्यकता हुने भएकाले दूध निकै महत्वपूर्ण हुन्छ ।कुपोषणको सिकार भएका व्यक्तिले पनि दूध खानुपर्छ । कतिपयलाई थोरै खएर धेरै क्यालोरी चाहिने हुन सक्छ । त्यस्ता व्यक्तिका लागि पनि दूध निकै राम्रो हुन्छ । किनभने दूधमा अत्यधिक क्यालोरीको मात्रा हुन्छ ।

 

कसले नखाने ?
स्वस्थ मानिस अर्थात् हेल्दी एडल्टले भने दूध नखाँदा राम्रो हुन्छ । आफैँमा स्वस्थ व्यक्तिले दूधको प्रयोग गर्दा ओभर न्युटे«सनको समस्या हुन सक्छ । त्यो किनभने हेल्दी एडल्टका लागि स्टक क्यालोरीको अवश्यकता हुँदैन ।त्यस्तै, मधुमेह, उच्च रक्तचाप, कोलेस्ट्रोल भएका मानिसलाई दूधको प्रयोग असुरक्षित मानिन्छ ।

 

किनकी दूधबाट पाइने ५० प्रतिशत क्यालोरी स्याचुरेटेड फ्याटबाट प्राप्त हुन्छ । दैनिक रूपमा मानिसलाई खानाबाट करिब सात प्रतिशत क्यालोरीको लिनुपर्ने हुन्छ । यस्तो क्यालोरी अन्य खाद्यपदार्थबाट पनि प्राप्त गर्न सकिन्छ । तर, दूधबाट मात्रै तीन प्रतिशत क्यालोरी प्राप्त हुन्छ । जुन हानिकारक सावित हुन सक्छ ।

 

शरीरको अवस्था हेरी थोरै मात्र दूध खानचाहिँ सकिन्छ ।दूधमा स्याचुरेटेड फ्याट बढी पाइने भएकाले यसबाट उच्च रक्तचाप, कोलेस्ट्रोल, तौल बढ्न सक्छ । अझ यस्ता समस्या भएका व्यक्तिले त दूधको प्रयोग नै नगर्दा राम्रो हुन्छ । किनभने दूधकै कारणले यस्तो समस्या निको नहुने र लामो समयसम्म दुःख दिने हुन सक्छ ।

 

स्वस्थ व्यक्तिले खानामा बोसोकोे मात्रा कम लिनुपर्छ । तर, दूधमा भने फ्याट र क्यालोरी अत्याधिक हुने भएकाले त्यस्ता मानिसले दूधको प्रयोग नगर्दा राम्रो हुन्छ ।भैँसीको दूध अझ बढी हानिकारक मानिन्छ । किनभने यसमा गाईको दूधमा भन्दा डबल फ्याट हुन्छ । जसले नराम्रो असर गर्न सक्छ ।

 

 

के खाने ?
दूधको साटो दही र महीको प्रयोग गर्नुपर्छ । किनभने दहीमा फ्याटको मात्रा कम हुन्छ र मोहीमा त अझ कम हुन्छ ।लेस क्यालोरी र फ्याट भएको दूध नियमित प्रयोग गर्दा पनि कुनै असर गर्दैन ।

 

नो फ्याट मिल्क प्रयोग गर्दा त राम्रो हुन्छ । तर, यस्तो प्रकारका दूध नेपालमा उपलब्ध हुन गाह्रो छ ।हामीले फलफूल र सगसब्जीबाट पनि क्यालोरी प्राप्त गर्न सक्छ । त्यसैले दूधको साटो यस्ता प्लान्ट फुडको प्रयोग गर्दा राम्रो हुन्छ ।प्रयोग गर्दा दूधको क्वालिटी र एमाउन्टमा विशेष ध्यान दिनुपर्छ । नत्र ओभर न्युट्रेसनको समस्या पनि हुन सक्छ ।

 

 

नगर्नुस् : कतिपयले राति खाना खाइसकेपछि दूध खाने गर्छन् । जुन निकै अस्वस्थकर मानिन्छ । किनभने रातिको वेला शरीरलाई कम क्यालोरी वा खानाको आवश्यकता पर्छ । र, दिनभरको खानाले हामीलाई पर्याप्त क्यालोरी पुगिसकेको हुन्छ । त्यसैले खानापछि पुनः यसरी दूध खाँदा विभिन्न समस्या निम्तन सक्छन् ।

 

 

सम्बन्धित खबरहरु