२४ घण्टा वित्न नपाउँदै पुनः सैन्य कारबाही

  • जनबोली न्यूज नेटवर्क
  • बिहिबार १० ब‌ैशाख, २०७२

yemen_2एजेन्सी । यमनको हुथी विद्रोही विरुद्धको सबै आक्रमण अन्त्य भएको घोषणा गरिएको केही घण्टापछि पुन त्यहाँ आक्रमण सुरु गरिएको छ ।

साउदी अरब नेतृत्वको गठबन्धन सेनाले यमनको हुथी बिद्रोहीविरुद्धको हवाइ कारबाही अन्त्य भएको घोषणागरेको २४ घण्टा वित्न नपाउँदै पुनः सैन्य कारबाही थालीएको हो ।

सैन्य लक्ष्य हासिल भएको भन्दै गठबन्धन सेनाले कारवाही अभियान अन्त्य गरेको जनाइएको थियो ।

तर, हुथी बिद्रोहीहरुले सम्झौता उल्लघन गरेपछि आक्रमण शृुरु भएको बीबीसीले जनाएको छ ।

यमन सरकार र त्यहाँका राष्ट्रपतिको आग्रहमा अभियान अन्त्य गर्ने निर्णय गरिएको भए पनि हुथीहरुले आक्रमण जारी राखेकाले पुनः हमला सुरु गरिएको गठबन्धन सेनाका प्रबक्ताले बताएका थिए।

यमनमा झण्डै एक महिना लामो हिंसामा ९ सय ४४ जनाको मृत्यु भएको छ भने ३ हजार ४ सय ८७ जना घाइते भएका छन् ।

हुथी सिया बिद्रोहीले गत जनवरीमा राजधानी सानामा नियन्त्रणमा लिई आक्रमण गरेपछि राष्ट्रपति अब्द्राब्बुह मान्सौर हादी साउदी अरबमा शरण लिइरहेका छन् ।

सम्बन्धित खबरहरु