चीन तथा जापानी नेताहरूले पदभार सम्हालेपछि भेटवार्ता गरे

  • जनबोली न्यूज नेटवर्क
  • बिहिबार १० ब‌ैशाख, २०७२

sinjo-away2चीन तथा जापानी नेताहरूले पदभार सम्हालेपछि दोस्रोपटक बुधबार राति एक अर्कासँग भेटवार्ता गरेका छन् । यसबाट उनीहरुले क्षेत्रीय विवाद तथा युद्धकालीन प्रभावका कारण बिग्रिएको दुई मुलुकबीचको सम्बन्ध सुधार गर्ने अपेक्षा गरिएको छ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङ तथा जापानी प्रधानमन्त्री सिन्जो आबेले इन्डोनेसियाको राजधानीमा आयोजना भइरहेको शिखर बैठक चलीरहेको समयमा करिब ३० मिनेट अति गोप्य भेटवार्ता गरेको जापानी अधिकारीले आफ्नो परिचय नदिने सर्तमा अन्तर्राष्ट्रिय सञ्चार माध्यमलाई बताएका छन् ।

उनीहरुको गोप्य भेटबार्ताबारे कसैलाई पनि जानकारी गराइएको थिएन । जाकार्ताको कुनै एक गोप्य स्थानमा भेटवार्ता भएको थियो । आधा घाण्टासम्म उनीहरुलाई नदेखेपछि सञ्चारमाध्यममा हल्लीखल्ली मच्चीएको थियो ।

वार्ता हुनुअगाडि उनीहरु बढी तनावमुक्त अवस्थामा देखिएको बताइएको छ । यसअघि उनीहरुबीच गत वर्ष नोभेम्बर महिनामा चीनमा भेटवार्ता भएको थियो ।

पूर्वी चीन जल क्षेत्रमा जापानले नियन्त्रण गरेको द्वीपमा दुई मुलुकबीच प्रतिस्पर्धी रूपमा दाबीका कारण बेइजिङ तथा चीनको सम्बन्ध तनावपूर्ण बनेको थियो ।

बैठक अगाडि एसियाली तथा अफ्रिकी नेताहरूको भेलामा गरेकोे सम्बोधनमा कडा राष्ट्रवादी प्रधानमन्त्री आबेले जापानले दोस्रो विश्वयुद्धमा एसियामा देखाएको हिंसात्मक व्यवहारका लागि माफी नमागेको र पश्चाताप व्यक्त गरेको भनी यस क्षेत्रमा क्रोध देखिएको थियो ।

सम्बन्धित खबरहरु