चिनियाँ राष्ट्रपति सि जीन पिङलाई नेपाल भ्रमणको निम्ता

  • जनबोली न्यूज नेटवर्क
  • बिहिबार १० ब‌ैशाख, २०७२

shi jin pingजनबोली १० वैशाख, जकार्ता । प्रधानमन्त्री सुशील कोइरालाले चिनियाँ राष्ट्रपति सि जीन पिङलाई नेपाल भ्रमणको निम्ता दिएका छन् ।

एसियाली–अफ्रिकी रणनीतिक साझेदारी नास्पको दशौं वार्षिकोत्सव समारोहका क्रममा इन्डोनेसियाको राजधानी जार्कताको जार्कता सभागृहमा उनीहरुबीच बुधबार साँझ भएको द्विपक्षीय भेटघाटमा प्रधानमन्त्री कोइरालाले राष्ट्रपति पिङलाई नेपाल भ्रमणको निम्ता दिएका हुन् ।[quote bcolor=”#1e73be” align=”right”] छिमेकी चाँडै धनी होउन्[/quote]

सो अवसरमा राष्ट्रपति पिङ्ले आफू नेपाल भ्रमणका लागि उत्सुक रहेको भन्दै मौका पाउँदा भ्रमण गर्ने जानकारी दिएको भेटमा प्रधानमन्त्री कोइरालाका साथ रहेका प्रधानमन्त्री कोइरालाका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराईले जानकारी दिए ।

राष्ट्रपति पिङ्लले पनि प्रधानमन्त्री कोइरालालाई चीन भ्रमणको निम्ता दिएका थिए । सो अवसरमा प्रधानमन्त्री कोइरालाले आफू चीन भ्रमणका लागि उत्सुक रहेको र मौका मिल्नासाथ भ्रमण गर्ने जानकारी दिएका थिए ।

प्रधानमन्त्री कोइरालाले नेपाल–चीनबीच सम्बन्ध स्थापना भएको ६० औं वर्षगाँठका अवसरमा विविध कार्यक्रम आयोजना गरी मनाइने जानकारी राष्ट्रपति पिङलाई गराएको सल्लाहकार डा भट्टराईले बताए ।

प्रधानमन्त्री कोइरालाले चीन सरकारले नेपालको आर्थिक, सामाजिक तथा पूर्वाधार विकासका लागि प्रदान गर्दै आएको आर्थिक सहयोगलाई वृद्धि गरेकामा चीन सरकार एवम् राष्ट्रपति पिङलाई धन्यवाद दिएका थिए ।

हालै राष्ट्रपति डा रामवरण यादवको चीन भ्रमणका क्रममा चीन सरकारले प्रदान गर्दै आएको आर्थिक सहयोगमा वृद्धि गरेको थियो ।

राष्ट्रपति पिङ्ले नेपालमा शान्ति, स्थिरता र छिमेकी चाँडै धनी होउन् भन्ने चाहना चीनले राखेको प्रधानमन्त्री कोइरालालाई जानकारी गराएका थिए ।

प्रत्युत्तरमा प्रधानमन्त्री कोइरालाले नेपालमा शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्दै नेपाली जनताको चाहनाअनुसारको नयाँ संविधान लेखन कार्य सहमतिका आधारमा अगाडि बढिरहेको बताएका थिए ।

हामी नेपालमा शान्ति, स्थिरता, आर्थिक समृद्धि भएको हेर्न चाहन्छौँ राष्ट्रपति पिङ्ले प्रधानमन्त्री कोइरालासितको भेटमा भन्नुभएको सल्लाहकार डा भट्टराईले जानकारी दिए ।

प्रधानमन्त्री कोइराला र राष्ट्रपति पिङबीच नेपाल र चीन सम्बन्धका विविध आयामका विषयमा कुराकानी भएको उनले जानकारी दिए ।

ऐतिहासिक बाङडुङ सम्मेलनको ६० औँ वार्षिकोत्सव तथा नास्पको दशौँ वार्षिकोत्सवमा भाग दिन उनीहरु इन्डोनेसियाको जाकर्तामा आएका थिए ।

सम्बन्धित खबरहरु