राष्ट्रपति भेट्न गौतम बुधबार राती शीतल निवास पुगे

  • जनबोली न्यूज नेटवर्क
  • बिहिबार १० ब‌ैशाख, २०७२

bamedev-gautamजनबोली १० वैशाख, काठमाडौं । राष्ट्रपति डा रामवरण यादवलाई भेट्न कार्यवहाक प्रधानमन्त्री वामदेव गौतम बुधबार राती शीतल निवास पुगेका छन् । सो अवसरमा बामदेबले जाजरकोटमा फैलिएको फ्लु र त्यसको नियन्त्रणका लागि सरकारले चालेका कदमबारे राष्टपतिलाई जानकारी गराएका थिए ।

भेटमा राष्ट्रपति डा यादवले जाजरकोटमा कहिले झाडापाखाला कहिले मौसमी फ्लुको प्रकोप फैलने गरेकाले के कारणले यस्तो भएको हो अध्ययन गरी स्थायी समाधानतर्फ सरकारको ध्यान जानुपर्ने बताएको उनका प्रेस सल्लाहकार राजेन्द्र दाहालले जानकारी दिए ।

भेटमा यस्ताखाले प्रकोपहरु पोणषयुक्त खाना र सरसफाइको कमीले हुने भएकाले सो जिल्लामा पोषणयुक्त कार्यक्रम र सरसफाइका लागि जनचेतना फैल्याउनेलगायतका कार्यक्रम सञ्चालन गर्न राष्ट्रपति डा यादवले सरकारलाई सुझाव दिएका थिए ।

भेटमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री खगराज अधिकारी, स्वास्थ्य मन्त्रालयका सचिवलगायत मन्त्रालयका उच्च अधिकारीको सहभागिता थियो ।

सम्बन्धित खबरहरु