समितिले आयोगका काम कारवाहीका बिषयमा अध्ययन गर्ने

  • जनबोली न्यूज नेटवर्क
  • शुक्रबार ११ ब‌ैशाख, २०७२

Akhtiyar-Durupayog anusandhan aayogजनबोली १० वैशाख, काठमाडौं । व्यवस्थापिका संसद अन्तर्गतको सुशासन तथा अनुगमन समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका काम कारवाहीका बिषयमा अध्ययन गर्ने भएको छ ।

अख्तियारको कतिपय निर्णय विवादमा परेको र कतिपय अवस्थामा पूर्वाग्रह राखेर निर्दोष व्यक्तिहरुलाई दुःख दिएको उजुरी परेपछि संसदीय समितिले उपसमिति गठन गरेको हो ।

सिंहदरबारमा बिहीबार बसेको बैठकले अख्तियारका काम कारवाही अध्ययन गरी प्रतिवेदन पेश गर्न पाँच सदस्यीय उपसमिति गठन गरेको समितिका सभापति शेरधन राईले जानकारी दिए ।

उपसमितिमा एमालेका उदय नेपाली श्रेष्ठ, कांग्रेसका पद्मनारायण चौधरी, एकीकृत माओवादीका जनकराज जोशी, राप्रपा नेपालका दिलनाथ गिरी र परिवार दलकी मिलनकुमारी राजवंशी सदस्य रहेका छन् ।

अख्तियारका कामकारवाहीको पारदर्शिता, कार्यक्षेत्र र सीमा मिचेको बारेमा समेत प्रश्न उठेपछि उपसमिति बनाइएको हो ।

यसैबीच सुशासन समितिले संसदको हिउँदे अधिवेशन तत्काल बोलाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

हिउँदे अधिवेशन बोलाउँदा धेरै बिधेयकहरु अलपत्र परेको र जनताका दैनिक समस्याका बारेमा सभासदले कुरा राख्न नपाएको भन्दै समितिले अधिवेशन बोलाउन ध्यानाकर्षण गरेको हो ।

सम्बन्धित खबरहरु

दुर्घटनामा ६ जनाको मृत्यु
  • सोमबार ५ असोज, २०७७