संबिधान नबन्ने हो की भन्ने आशंका : रेग्मी

  • जनबोली न्यूज नेटवर्क
  • शुक्रबार ११ ब‌ैशाख, २०७२

Khil-Raj-Regmiजनबोली १० वैशाख, काठमाडौं । मन्त्रिपरिषद्का पूर्व अध्यक्ष एवं पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मीले जनतामा संबिधान नबन्ने हो की भन्ने आशंका पैदा भएको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा रेग्मीले संविधानसभाको दुई पटक निर्वाचन भईसक्दा पनि संविधान बन्ने छाटकाट नदखिएको भन्दै जनतामा निराशा छाएको बताए ।

उनले दलहरुले संविधानका विषयमा संवेशनशीलता देखाउन नसक्दा समस्या उत्पन्न भएको टिप्पणी समेत गरे । रेग्मीले देश र जनताप्रति जिम्मेवारीबोधका साथ संविधन निर्माण कार्यमा अघि बढ्नुपर्ने धारणा समेत राखे ।

उनले लोकतान्त्रिक संविधान जारी भएपछि मात्र मुलुक विकासको बाटामो अघि बढ्ने तर्क समेत गरे ।

सम्बन्धित खबरहरु

दुई पुरुष मृत अवस्थामा फेला
  • शनिवार ३ असोज, २०७७
दुर्घटनामा ७ जनाको मृत्यु
  • शनिवार ३ असोज, २०७७