काग्रेस सहमतिका लागि लचक: सञ्चारमन्त्री रिजाल

  • जनबोली न्यूज नेटवर्क
  • शुक्रबार ११ ब‌ैशाख, २०७२

minendra-rijalजनबोली १० वैशाख, काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डाक्टर मिनेन्द्र रिजालले काग्रेस सहमतिका लागि लचक भएको बताएका छन् ।

लोकतन्त्र दिवसका अवसरमा नेपाल प्रेस युनियन काठमाडौं शाखाले गरेको अन्तक्र्रिया कार्यक्रममा सबैलाई मान्य हुने संविधान जारी गर्नका लागि सहमति अपरिहार्य भएको भन्दै सहमतिको प्रयास भईरहेको बताए । उनले सत्तारुढ दल र प्रधानमन्त्री पनि सहमतिका लागि गम्भीर भएको उल्लेख गरे ।

मन्त्री रिजालले संविधानले नै मुलुकलाई निकास दिने भन्दै अन्य दलहरुले पनि अडान त्याग्दै सहमति आउन आग्रह गरे । कार्यक्रममा मन्त्री रिजालले नेपाल प्रेस युनियन काठमाडौमा शाखाले निकालेको यस बर्षको क्यालेन्डर सार्वजनिक गरेका थिए ।

सम्बन्धित खबरहरु

एकैदिन ९ जना मृत अवस्थामा फेला
  • शनिवार १० असोज, २०७७
दुर्घटनामा चार जनाको मृत्यु
  • शनिवार १० असोज, २०७७