अर्कैको जग्गा बेच्दा…

  • जनबोली न्यूज नेटवर्क
  • शुक्रबार ११ ब‌ैशाख, २०७२

पोखरा । नक्कली कागजात तयार गरेर अर्कैको जग्गा बेचेको आरोप लागेका ७ जनालाई कास्की जिल्ला अदालतले कैद र डेढ करोड रुपैयाँ जरिवानाको फैसला गरेको छ ।

अमेरिका बस्ने चितवनकी शान्ता राणाको पोखरा—६ लेकसाइडको जग्गा उनैलाई पत्तो नदिई बेची ठगेको आरोप लागेका ७ जनालाई ठगीको प्रकृतिअनुसार कम्तीमा २ महिनादेखि ६ वर्षसम्म कैदको फैसला अदालतले बिहीबार गरेको हो ।

आफू शान्ता राणा भएको नक्कली नागरिकतासहितका कागजात बनाएर ठगीमा संलग्न भएकी नुवाकोट ककनीकी आशामाया लामालाई सबैभन्दा बढी ६ वर्ष कैदसहित ५६ लाख ७८ हजार जरिवानाको फैसला भएको जानकारी कास्की अदालतका स्रेस्तेदार दीनबन्धु बरालले दिए ।

फैसला अनुसार सबै ठगहरुले तिर्नुपर्ने जरिवाना झन्डै १ करोड ६० लाख रुपैयाँ छ ।

आशामायाकी छोरी सुष्मालाई भने २ महिनाको कैद र १ लाख रुपैयाँ जरिवाना सुनाइएको छ । अदालतले रामचन्द्र भण्डारीलाई ३ वर्ष कैद र ३५ लाख ६६ हजार जरिवानाको फैसला सुनाएको छ । आजको नागरिकमा समाचार छ ।

सम्बन्धित खबरहरु