जाजरकोट महामारी: ७ प्रतिशतलाई मात्र इन्फुएन्जा (रुघा खोकी) को लक्षण

  • जनबोली न्यूज नेटवर्क
  • शुक्रबार ११ ब‌ैशाख, २०७२

काठमाडौ । इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाले जाजरकोटको महामारी फैलिएको ठाउँमा उपचार गराएकाहरूमध्ये ७ प्रतिशतलाई मात्र इन्फुएन्जा (रुघा खोकी) को लक्षण देखिएको जनाएको छ ।

यसअघि महाशाखाले करिब २५ प्रतिशतमा रुघाखोकीको लक्षण देखिएको बताएको थियो ।

प्रकोप देखिएका ठाउँका केही बिरामीको रगतको नमुनालाई परिक्षण गर्दा हालसम्म स्वाइन फ्लुबाहेक अरू कुनै संक्रामक रोगको लक्षण नदेखिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ ।

‘हालसम्म हामीले ८ हजार २ सय ५५ बिरामीको जाँच गर्यौं, तीमध्ये ७ सय ५३ जनामात्र रुघाखोकी भेटिएको छ’, इपिडिमियोलजीको निर्देशक डा. बाबुराम मरासिनिले भने- ‘दुई दिनदेखि विरामीको संख्या धेरै कम भएको छ ।’ आजको कान्तिपुरमा समाचार छ ।

सम्बन्धित खबरहरु