काठमाडौ । हलिउड फिल्म ‘एभेन्जर्स स् द इनफिनिटी वाककर’ दोस्रो सातामा रिलिज भइरहेको छ । यो दुई सातामा यस फिल्मले ‘द जंगल बुक’को रेकर्ड तोडेको छ ।यो फिल्म अहिले नेपालमा अधिकांश क्युएफएक्स तथा बिग मूभिजका स्क्रिनमा रिलिज भइरहेको छ ।

‘द न्यूयोर्क टाइम्स’का अनुसार यस फिल्मको प्रोमोशन बजेट १५० मिलियन डलर थियो जबकि, फिल्मले अहिलेसम्म संसारबाट ९० करोड डलरभन्दा बढी कमाइसकेको छ । यो प्रोमो बजेटभन्दा करिब ६ गुणा बढी हो ।

भारतमा समेत यो फिल्मले राम्रो कमाइरहेको छ । भारतमा अहिलेसम्म १५६ करोड ९भारतीय रुपैयाँ० बढी कमाइसकेको छ । फिल्मका वितरक तथा बक्स अफिस विश्लेषक सुनिल वाधवा भन्छन्, ‘भारतमा यस फिल्मको प्रचारमा मात्रै करिब १० करोड रुपैयाँ खर्च गरिएको छ । फिल्मले भारतमा अहिलेसम्म १५६ करोड रुपैयाँ बढी कमाइसकेको छ । भारतको प्रचार बजेटको यो १५ गुणा बढी कमाइ हो ।’ 

बलिउड फिल्मी बजारका समीक्षक कोमल नाहटाका अनुसार यस फिल्म कम्पनीले प्रचारका लागि भारतमा ८ देखि १० करोड खर्च गरेको छ । तर, फिल्मले भारतमा सोचेभन्दा राम्रो व्यापार गरेको छ । बलिउडका चर्चित फिल्म समीक्षक तरण आदर्श भन्छन्, ‘फिल्ममा सुपर हिरो आकर्षण हुन् । भिलेन पनि शक्तिशाली छन् । भिलेनको एक इमोशनल छ । जसले फिल्म सबैले रुचाए ।’

सम्बन्धित खबरहरु