सेनाको हेलिकप्टर दुर्घटनाग्रस्त


एजेन्सी । रुसको एक हेलिकप्टर सिरियामा दुर्घटनाग्रस्त भएको समाचार छ । सोमबार साँझ भएको सो दुर्घटनामा परी उक्त हेलिकप्टरका दुई जना चालकको ज्यान गएको बताइएको छ ।

रुसी रक्षा मन्त्रालयले विज्ञप्ति प्रकाशन गरी सो दुर्घटनामा परी दुई जना चालकको ज्यान गएको जानकारी दिएको समाचारमा छापिएको छ ।रुसी समाचार समिति इतार तासले जनाएअनुसार उक्त दुर्घटनाको कारण प्राविधिक गडबढी हुनसक्ने अनुमान गरिएको छ । 

सिरियामा यसै हप्तामात्र यो दोस्रो हेलिकप्टर दुर्घटनाग्रस्त भएको हो ।यसअघि गत मे ३ मा पनि रुसी सेनाको एक हेलिकप्टर सिरियामा दुर्घटनाग्रस्त भएको थियो । त्यसमा पनि दुई जना चालक नै मारिएका थिए ।

प्रतिक्रिया दिनुहोस्