सेभिल्ला युरोपा लिग फुटबलको सेमिफाइनलमा प्रवेश

  • जनबोली न्यूज नेटवर्क
  • शुक्रबार ११ ब‌ैशाख, २०७२

sevillaसाविकको विजेता सेभिल्ला युरोपा लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । यस्तै नेपोली, फिओरेन्टिना र डिनिप्रो पनि अन्तिम चारमा स्थान बनाउन सफल भएका छन् ।

विहिबार राति भएको दोस्रो लेगमा जेनिट सेन्ट पिटर्सबर्गसँग २–२ को बराबरी खेलेको सेभिल्ला समग्रमा ४–३ ले विजयी भयो । उसले पहिलो लेग २–१ ले जितेको थियो ।

सेभिल्लाले छैटौं मिनेटमा कार्लोस बार्काको पेनाल्टी गोलबाट अग्रता लिएको थियो । तर, दोस्रो हाफमा जेनिट खेलमा फर्कियो । ४८ औं मिनेटमा रोन्डोनले गोल गरे भने ७२ मिनेटमा हल्कले गोल गर्दै २–१ को अग्रता दिलाए ।खेलको ८५ औं मिनेटमा सेभिल्लाका गामेरियोले गोल गर्दै खेललाई २–२ मा  पुर्याए ।

अर्को खेलमा नेपोलीले वल्फ्सबर्गसँग २–२ को बराबरी खेल्दा, पहिलो लेगमा हात पारेको ४–१ को जितको मदतमा समग्रमा ६–३ को जितसँँगै सेमिफाइनलमा स्थान बनाएको छ ।

फिओरेन्टिनाले डाइनामो किभमाथि २–० को जित हात पार्दै समग्रमा ३–१ ले विजयी भयो ।

डिनिप्रो भने क्लब ब्रुगलाई १–० ले पराजित गर्यो । पहिलो लेग गोलरहित बराबरीमा सकिएको थियो । डिनिप्रोले अहिलेसम्म कुनै पनि युरोपियन उपाधि जितेको छैन ।

सम्बन्धित खबरहरु