३० दलीय मोर्चाको निर्णायक बैठक आज

  • जनबोली न्यूज नेटवर्क
  • शुक्रबार ११ ब‌ैशाख, २०७२

30 dal morcha 2जनबोली ११ वैशाख, काठमाडौ । विपक्षी ३० दलीय मोर्चाको निर्णायक बैठक आज बस्दैछ । बैठकमा संविधान निर्माण प्रक्रिया मोर्चाको नेतृत्वकर्ता एमाओवादीले सत्तारुढ कांग्रेस एमालेसँग गरेको सहमतिका विषयमा पनि छलफल हुनेछ ।

हिजो बसेको बैठकमा मोर्चामा रहेका अन्य दलले एमाओवादी नेतृत्वसँग असन्तुष्टि जनाएका थिए । एकीकृत माओवादी नेतृत्वको ३० दलीय मोर्चाले सत्ताधारी दलले सुरु गरेको संविधान लेखन प्रक्रिया नसच्याएसम्म संविधानसभामा नजाने निर्णय गरेको छ ।

सत्ताधारी दलसँग छुट्टै सहमति गरेको भन्दै विपक्षी ३० दलीय मोचाृमा एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालको आलोचना भएको छ । आजको बैठकमा गठबन्धनका अरु दलले संविधान निर्माणका विषयमा एमाओवादीको प्रष्ट धारणा माग्ने बताएका छन् ।

सम्बन्धित खबरहरु