संविधान निर्माणको प्रक्रिया अघि बढ्ने: थापा

  • जनबोली न्यूज नेटवर्क
  • शनिवार १२ ब‌ैशाख, २०७२

gagan_thapaजनबोली ११ वैशाख, काठमाडौं ।  नेपाली कांग्रेसका सभासद् थापाले वैशाख १७ गते बस्ने संविधानसभा बैठकबाट संविधान निर्माणको प्रक्रिया अघि बढ्ने बताएका छन् ।

उनले समहमतिको नाममा धेरै समय खेर गइसकेको भन्दै अव प्रक्रियाको बिकल्प नभएको तर्क गरे ।

शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै युवा नेता एवं सभासद् थापाले एकिकृत नेकपा माओवादीले सहमति भएका विषयमा पनि कुरा फेर्दा समस्या उत्पन्न भएको बताए ।

उनले नेपाली कांग्रेस ठूलो पार्टी भएका कारण संविधान निर्माणमा मुख्य भूमिका खेलिरहेको बताए ।

उनले बिपक्षी मोर्चालाई आन्दोलनको धम्की दिनु भन्दा संविधान निर्माणमा जुट्न समेत आग्रह गरे ।

सम्बन्धित खबरहरु