एमालेले कुनै पनि हालतमा जातीय संघियता नस्विकार्ने: ज्ञवाली

  • जनबोली न्यूज नेटवर्क
  • शनिवार १२ ब‌ैशाख, २०७२

YUVRAJ-GYAWALIजनबोली ११ वैशाख, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले एमालेले कुनै पनि हालतमा जातीय संघियता नस्विकार्ने दावी गरेका छन् ।

नयाँ वर्ष एवम् लोकतन्त्र दिवसको अवसर पारी होस्टेहैंसे बचत तथा ऋण सहकारी संस्था, खड्का गाउँ काठमाडौँद्वारा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उपाध्यक्ष ज्ञवालीले हिमाल, पहाड र तराईलाई समेट्ने संविधान निर्माण गर्नुपर्नेमा जोड दिए ।

उनले जातीय संघियताका कारण देश विभाजन तर्फ जाने भन्दै कुनै पनि हालतमा जातियता स्विकार नगर्ने आफुहरुको अडान रहने बताएका हुन् ।

उनले एकिकृत नेकपा माओवादीले आफ्नो मुद्दा स्थापित भएको देखाउनको लागि जातिय संधियताको नारा उचालेको तर्क गरेका छन् ।

उपाध्यक्ष ज्ञवालीले सहमति भइसकेको बिषयमा पनि एकिकृत नेकपा माओवादीले कुनै सहमति भएको छैन भन्नु राजतीतिक बेइमानी भएको आरोप लगाए ।

सम्बन्धित खबरहरु

भारतमा भर्खरै भूकम्प
  • सोमबार ५ असोज, २०७७