यसै बर्ष संविधान जारी गर्ने प्रतिवद्धता: अध्यक्ष ओली

  • जनबोली न्यूज नेटवर्क
  • शनिवार १२ ब‌ैशाख, २०७२

kp  oliजनबोली ११ वैशाख, काठमाडौं । नेकपा एमाले का अध्यक्ष केपी ओलीले संविधान निर्माण गर्दा आइपर्ने समस्या समाधान गर्दे यसै बर्ष संविधान जारी गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

एमाले अध्यक्ष ओलीले लोकतन्त्र दिवसका अवसरमा शुक्रबार प्रेस व्यक्तव्य जारी गर्दै १०बर्ष अघिको लोकतान्त्रिक आन्दोलनको स्मरण गरेका हुन् ।

उनले लोकतान्त्रिक आन्दोलनमा बलिदान दिएका शहिद, घाइते तथा सवै जनताको बलिदानी पूर्ण संधर्षबाट संविधानसभा स्थापना भएको उल्लेख गरेका छन् ।

अध्यक्ष ओलीले पहिलो संविधानसभाबाट संविधान दिन नसक्नुलाई आफूहरुको कमजोरी भएको स्वीकार गर्दै दोस्रो संविधानसभाबाट संविधान जारी गरिछाड्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

उनले आन्दोलनको अभिभारा पूरा गर्न आइपर्ने घुमाउरो तथा अप्ठ्यारा बाटालाई छिचोल्न तयार हुनुपर्ने उल्लेख गर्नुभएको छ ।

सन्देशमा भनिएको छ, “शान्तिप्रिय जनताको हौसला र साथ, सहयोग चाहेका छाँै, लोकतन्त्र दिवसका अवसरमा नेपाली जनताको आपसी सहयोग, सद्भाव र अठोटका साथ अघि बढ्न प्रेरणा देओस् भन्ने शुभकामना दिन चाहान्छु ।”

सम्बन्धित खबरहरु