स्वाइनफ्लु भाइरसको नमुना जापान पठाइने

  • जनबोली न्यूज नेटवर्क
  • शनिवार १२ ब‌ैशाख, २०७२

काठमाडौं । देशका विभिन्न स्थानमा देखिएको स्वाइनफ्लु भाइरस नै परिवर्तन भएको आशंका गरेपछि विशेष परीक्षण गर्न जापान पठाउन लागिएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार स्वाइनफ्लु भाइरसको नमुना एक साताभित्र जापानस्थित विश्व स्वास्थ्य संगठन डब्लुएचओ को कोल्याब्रेटिङ सेन्टरमा पठाइनेछ ।

सेन्टरले सुरक्षित रुपमा नमुना पठाउन आवश्यक ‘किट’ नेपालका लागि कुरियर गरिसकेको छ ।

प्रयोगशालाकी निर्देशक डाक्टर गीता शाक्यले किट आएपछि भाइरसको गुण र रुप परिवर्तनका लागि नमूना जापान पठाइने बताइन् ।

डा.शाक्यले भनिन्, ‘एक साताभित्रै नमुना पठाउँदै छौं । त्यसको दुई साताभित्र भाइरसले गुण र रुप परिवर्तन गरे–नगरेको पत्ता लाग्नेछ ।’

उपचारमा संलग्न चिकित्सकले स्वाइनफ्लु उपचारमा परिवर्तन गर्नुपरेको भन्दै यसको रुप परिवर्तन भएको हुनसक्ने आशंका गरेपछि डब्लुएचओलाई आग्रह गरि परिक्षणकालागि नमुना पठाउन लागिएको हो । आजको नयाँ पत्रिकामा समाचार छ ।

सम्बन्धित खबरहरु