‘कांग्रेस एमालेसँग सहमति भएकै छैन’: अध्यक्ष दाहाल

  • जनबोली न्यूज नेटवर्क
  • शनिवार १२ ब‌ैशाख, २०७२

prachandaजनबोली ११ वैशाख, काठमाडौं । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आफूले सहमति गरेर पछि हटेको भनेर गरिएको चर्चाको खण्डन गरेका छन् । आफ्नै निवास लाजिम्पाटमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले आफूसँग बालुवाटारमा हुँदै नभएको सहमतिबारे बाहिर चर्चा भैरहेको देखेर आफू चकित परेको बताए ।

उनले भने– ‘कांग्रेस एमालेसँग सहमति भएकै छैन ।’ बालुवाटारमा सहमति गर्ने सहमति भएको मात्र हो । ठोस एजेन्डामा प्रवेश गरेकै होइन । कुनै पनि एजेण्डामा छलफल भएको छैन । सासकीय स्वरुपमा माघ ५ गते भएको सहमति अनुसार हामी फरक मत लेखेर जान तयार भएको हो तर हाम्रो शर्त संघीय स्वरुपमा अन्तिम सहमति भएपछि मात्र भन्ने राखेका थियौं ।[quote bcolor=”#1e73be” align=”right”]मलाई बदनाम गर्न खोजिएको मात्र हो[/quote]

हुँदै नभएको सहमति तोड्यो भन्नु विडम्बनापूर्ण र दुर्भाग्यपूर्ण । केवल मलाई बदनाम गर्न खोजिएको मात्र हो । प्रचण्डले संघीयता थाती राख्ने पनि भनियो तर त्यस्तो सम्भावना नै छैन भनेका छन् । उनले भने– ‘ओली जीको भनाइ सँधै यही रहेको छ तर हामी त्यसमा तयार छैनौं ।’

बालुवाटारमा आफूले ‘अहिलेको जस्तो गतिरोध लामो समय राख्न हुँदैन भनेर तपाइँहरुको ९ बुँदेको ७ प्रदेशको प्रस्ताव र हाम्रो १० प्रदेशको प्रस्ताव छलफलका लागि लैजाउँ’ भनेको दावी प्रचण्डले गरे ।[quote bcolor=”#1e73be” align=”right”]सहमति नभए अव पनि संविधानसभामा जाँदैनौं[/quote]

प्रचण्डले संघीयताको विषयमा आयोगलाई दिन सकिँदैन तर दिनै सकिन्न भन्ने चाँहि होइन भनेका छन् । कुनै कुनै विषय आयोगबाट टुङ्गो लगाउन सकिने उनको भनाइ छ । प्रचण्डले भने– ‘संविधान सभामा आगामी १७ गते सम्म सहमति नभए अव पनि संविधानसभामा जाँदैनौं । उहाँहरुले पेलेर प्रक्रिया प्रक्रिया भने देश दुर्घटनामा जान सक्छ । सबै प्रक्रिया उल्टिन्छ ।’

सम्बन्धित खबरहरु