रेल दुर्घटनामा १४ जना आप्रवासीहरु मारिए

  • जनबोली न्यूज नेटवर्क
  • शनिवार १२ ब‌ैशाख, २०७२

Rail accident in Macedonia११ बैशाख, मेसेडोनिया । मेसेडोनियाको स्कोप्जे सहरमा विहिबार अबेर राति भएको सडक दुर्घटनामा परी १४ जना आप्रवासीहरु मारिएको मसेडोनिआन प्रहरीले शुक्रबार पुष्टि गरेको छ ।

करिब ५० जनाको सङ्ख्यामा आएका ती आप्रवासी रेल दुर्घटनामा परेका हुन् । उनीहरु कुन देशबाट आएका थिए भन्ने बारेमा भने केही सूचना प्राप्त भइसकेको छैन ।

अधिकारीहरुले दुर्घटनास्थल अत्यन्तै विकट भएकोले दुर्घटनाको उद्वारको काम जटिल भइरहेको बताएका छन् । रासस/सिन्ह्वा

सम्बन्धित खबरहरु