काठमाडौ । हरेक बुधबार बिहान हामीले लोकसेवा तयारी उपयोगी सामाग्री प्रकाशन गर्दै आएका छौ ।

जुन राष्ट्रिय दैनिक गोरखापत्र दैनिकमा प्रकाशित भएको हुन्छ । हेर्नुहोस् र अरुको सहयोगका लागि सेयर गरिदिनुहोस् । जुन आजको सामाग्री लोक सेवा आयोगले लिने सबै क्षेत्रका सबै तहका लागि उपयोगी छ ।

‘घरमा यस्तो गाह्रो छ कमसेकम छोराछोरीलाई गृहकार्य गर्न मात्र सघाए पनि मलाई ठूलै राहत मिल्छ। “कुकुरले पुच्छर हल्लाए जसो गरि हात हल्लाउँदै हिड्यो बस् ” ! घरमा भ्याकुम लगाउदै मैले भनेँ ।,

‘समाज मात्र होइन विश्व परिवर्तन गर्न लम्केका पाइलालाई अवरोध गर्नु महापाप हो प्रिया । उहाँ मलाई जवाफ फकाउदै हुनुहुन्थ्यो ।, ‘आफ्नो देशाँ केही लछारपाटो लगाउन सकिएन विदेशमा १–२ वटा चम्चेहरूलाई भाडामा किनेर गुणगान गर्न लगाउँदैमा चमत्कार हुँदैन, महाशय । म अलि चर्किदै थिएँ ।,

‘मन्थन नाम गरेको ब्यक्तिको स्टाटसले गर्दा सामाजिक सञ्जालमा मलाई पनि चियो चर्चो गर्ने खुब लत बसिसकेको थियो । उसका स्टाटसहरू यस्ता हुन्थेँ ।,

‘समाज सेवा गर्नलाई नेता बन्नै पर्छ भन्ने छैन। सामाजिक सञ्जालमा राजनीति गरेको भरमा नेता बनिरहेका छन्। सत्ताको लागि एउटै मान्छे “राम, हनुमान अनि रावण” सम्म बन्न पुग्छ । छि ! राजनीति !!,

‘भूरा देखि शूरा सबै राजनीतिज्ञ अब जनता कोही बन्न नचाहे पछि यो राजनीति कसको लागि ? “राजनीति फोहोर हो म यस भित्र पसेर डुङडुङ् गन्हाउन” चाहान्न । हरेक बिषयबस्तुलाई चिराफार गर्ने कोसिस गर्नु हुन्थ्यो त्यसैले मैले चाणक्य जस्तै सम्झेकी थिएँ।,

‘हरेक दिन मेरो श्रीमानलाई उहाँ जस्तो बनाउन दिनहुुँ पाठ घोकाउथेँ तर “१२ बर्ष रामायण पढायो सीता कसकी जोई” भनेझँ हुन्थ्यो। एकदिन म काममा जान युनिफर्म लगाउदै थिएँ । मेरो श्रीमान दौडिदै म तिर आएर मेरो फेसबुक खोल्न लगाउनु भयो।मैले आदर्श पुरुष सम्झेको ब्यक्तिले समेत उम्मेदवारी दिएका रहेछ्न् । मनमा सुनामी उर्लेझैँ भयो।,

“गिद्धले सिनो देखेपछी छोड्छ भन्नू र मुखले जे भनेपनि मान्छेले पाएको मौका छोड्छ भन्नू” उस्तै रहेछ। म मनमा कुरा खेलाउदै थिएँ त्यहि बेला मेरो श्रीमानले मुसुमुसु हाँस्दै भन्नुभयो । उहाँ तिम्रो प्रेरणाको स्रोत होइन ? कमेन्टमा शुभकामना लेख अब !,

सम्बन्धित खबरहरु