पेट्रोल, डिजेल र मट्टितेलमा फेरी बढ्यो मुल्य


काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर दुई–दुई रुपैयाँ मूल्य वृद्धि गरेको छ । बुधबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य वृद्धि गर्ने निर्णय गरेको आयल निगमका सञ्चालक अरविन्द अग्रवालले अनलाइनखबरलाई बताए । मूल्यवृद्धिपछि पेट्रोलको भाउ प्रतिलिटर एक सय १० रुपैयाँ र डिजेल र मट्टितेलको भाउ ९२ रुपैयाँ प्रति लिटर पुगेको छ । यो मूल्य बुधबार राति १२ बजेदेखि लागू हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्