साढे दुई करोड रुपैयाँ नक्कली नोटसहित लुट फिल्मका निर्माता सहित ६ जना पक्राउ


काठमाडौं । लुट फिल्मका निर्देशक लुट फिल्म मात्र बनाउँदा रहेनछन् । लुट्ने रियल कामपनि गर्दा रहेछन् । महानगरीय प्रहरी परिसर, काठमाडौंले ठूलो परिणाममा नक्कली नेपाली नोटसहित लुट फिल्म निर्माता माधव वाग्ले सहित ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा फिल्म निर्माता वाग्ले, महेन्द्र बोगटी, सुजित तामाङ, सुजन तामाङलगायत रहेका महानगरीय प्रहरी परिसरले जानकारी दिएको छ । उनीहरुको साथबाट दुई करोड ६० लाख ६३ हजार रुपैयाँ बराबरको नक्कली नोट बरामद भएको परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले बताए ।

वाग्लेलाई काठमाडौंको नक्शालबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनले सुटिङका लागि जम्मा गरेको रकमको बाहना बनाएको प्रहरी स्रोतको भनाइ छ । परिसर अन्तगरतको प्रहरी प्रभाग, नयाँ बसपार्कको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको स्रोतले बतायो । यी नोटहरु काठमाडौं उपत्यकाको गोंगबु, लुबु र बागबजारबाट बरामद गरिएको हो । गोंगबुबाट सोमबार, धापाखेलबाट मंगलबार र बागबजारबाट बुधबार बरामद गरिएको हो । नक्कली नोट छाप्ने कारखाना बागबजारमै भेटिएको प्रहरीले स्रोतले बतायो । यस्ता नक्कली नोट उनीहरुले होटल, रेष्टुरेन्टको बिल तिर्ने, यौनकर्मीलाई दिने, जुवा खेल्ने, लागू औषध किन्नमा प्रयोग गर्ने गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्