ह्वाट्सएपले आईफोन र एण्ड्रोईड स्मार्टफोनमा कलिङ अप्सन सहितको सेवा दिने

  • जनबोली न्यूज नेटवर्क
  • शनिवार १२ ब‌ैशाख, २०७२

WhatsApp-Voice-Calling-Feature-iPhoneएजेन्सी । स्मार्टफोनबाट सन्देश आदानप्रदानको सुविधा दिँदै आएको चर्चित सेयरिङ साइट ह्वाट्सएपले अव निशुल्क कलिङ सुविधा सुरु गरेको छ ।

ह्वाट्सएपले सुरुवातमा आइफोनबाट यो सुविधा दिने छ । निशुल्क कलिङ सुविधा एण्ड्रोइड फोनमा यस अघि नै सुरु भैसकेको छ ।

यो साइटले अव यस्तै सुविधा दिने स्काइप र फेसटाइम जस्ता साइटलाई चुनौती दिने अनुमान गरिएको छ । ‘फोर्ब्स’ म्यागजिनको रिपोर्ट अनुसार व्हाट्सएपले अव यो सुविधा अनुसार आईफोन उपयोगकर्ताहरुले इन्टरनेट डाटा वा वाइफाइको माध्यमबाट कल गर्न सक्नेछन् ।

आइफोन प्रयोगकर्ताहरुलाई यो सुविधा आगामी साताबाट मिल्ने छ । ह्वाट्सएपले कलिङमा पनि विभिन्न अप्सन सहितको सेवा दिन लागेको छ ।

ह्वाट्सएपका संसारभरी गरेर ८० करोड प्रयोगकर्ता छन् ।

सम्बन्धित खबरहरु