एजेन्सी । एलपीजी ग्यास अर्थात खाना पकाउने ग्यासको सिलिन्डरको माथिल्लो भागमा लेखेको कोडको अर्थ हो त्यसको म्याद कति छ । यदि म्याद सकिएको सिलिन्डर छ भने त्यो कुनैपनि बेला पड्किन सक्छ र किचेन बम बनेर सबैको ज्यान लिन सक्छ । हामीले प्रयोग गर्ने एलपीजी ग्यास सिलिन्डरको माथिल्लो भागमा लेखेको ए–डी सम्मको कोड र अङ्क जस्तो ए १६, वी १४ लेखेको हन्छ । यो (एक्सपाइरी) म्याद सकिने मिति हो, यसबारे थप जानौं।

  • ए भनेको जनवरी देखि मार्च सम्म
    बी भनेको अप्रिल देखि जुन सम्म
    सी भनेको जुलाई देखि सेप्टेम्बर सम्म
    डी भनेको अक्टोबर देखि डिसेम्बर सम्म

अंक १२, १३, १४, १५ इत्यादिले सिलिन्डरको म्याद सकिने मिति जनाउँदछ । जस्तो,

  • १२ भनेको २०१२ एडी
    १२ भनेको २०१३ एडी

यदि तपाइको सिलिन्डरको माथिल्लो भागमा ए १८ छ भने त्यसको म्याद सकिने मिति सन २०१८ मार्च सम्म, बी १८ छ भने सन २०१८ जुन सम्म प्रयोग गर्नु भन्ने जानकारी हो। आफूले प्रयोग गरेको सिलिन्डरको म्याद जानौ। म्याद नाघेका सिलिन्डर प्रयोग नगरौं, अरूलाइ पनि जानकारी शेयर गरौ । आफुले पढेपछि अरुको जानकारीका लागि सेयर गरिदिनुहोला । सार्वजानिक हितका लागि जारी ।

सम्बन्धित खबरहरु