पछिल्लो १० घण्टामा काठमाडौ आसपासकै क्षेत्रमा ५ पटक भूकम्प

  • जनबोली न्यूज नेटवर्क
  • मङ्गलबार १५ ब‌ैशाख, २०७२

काठमाडौ । भूकम्पको त्रासदी कम भएको भूकम्पविद्हरुले बताइरहे पनि पछिल्लो १० घण्टामा काठमाडौ आसपासकै क्षेत्रमा ५ पटक भूकम्प गएको छ ।

दुई घण्टाअघि काठमाडौमा ४.३ म्याग्नेच्यूटको भूकम्प गएको छ भने चार घण्टाअघि काभ्रेको बनेपामा ४.३ म्याग्नेच्यूटको भूकम्प गएको छ भने सोही समयमा काठमाडौको कीर्तिपुर केन्द्र बनाएर ३.९ म्याग्नेच्यूटको भूकम्प गएको छ । तीनै पटकको भूकम्प १० किलोमिटर गहिराईमा गएको थियो ।

यस्तै, चितवनको भरतपुरमा ७ घण्टाअघि ४.८ र १० घण्टा अघि पुनः कीर्तिपुर केन्द्र बनाएर ४.५ म्याग्नेच्यूटको भूकम्प गएको छ । भूकम्पको त्रासदी अहिले पनि उस्तै रहेपछि काठमाडौबासीहरु अझै घर फर्किन सकिरहेका छैनन् ।

सम्बन्धित खबरहरु