बलिउड । सलमान खानको आगामी फिल्म ‘रेस ३’ आउँदै गरेको मुस्लिमहरुको महान पर्व ईदको अवसरमा रिलिज हुने तय भएको छ । तर सलमानको यो फिल्म पाकिस्तानमा भने ईदको अवसरमा रिलिज नहुने भएको हो ।पाकिस्तानी समाचार माध्यमका अनुसार ईदको अवसरमा कुनै पनि बलिउड फिल्महरुले पाकिस्तानमा रिलिज हुन प्रतिबन्ध लगाएको छ। पाकिस्तानको सुचना प्रशारण मन्त्रालयले जारी गरेको सुचना अनुसार ईदको दुई अघि देखि र दुई साता पछिसम्म बलिउड तथा बिदेशी फिल्महरुको रिलिज हुन नपाउने भएको हो । 

पाकिस्तानमा यसर प्रतिबन्ध लगाइएपछि ईदको अवसरमा बलिउड तथा अन्य बिदेशी फिल्महरु कुनै पनि रिलिज हुने छैनन् । पाकिस्तानमा ईदको अवसरमा चार दिन बिदा हुन्छ । पाकिस्तानमा बलिउड फिल्मको फ्यानहरु पनि धेरै छन् । त्यसै कारण बलिउड फिल्म रिलिज गरिएमा अन्य पास्तिानी फिल्महरुको कमाईमा कमी आउँछ भनेर बलिउड फिल्मलाई इदको अवसरमा रिलिज गर्न प्रतिबन्ध लगाईएको हो ।इदको दोस्रो साताबाट भने सलमानको ‘रेस ३’ पाकिस्तानमा पनि रिलिज हुन पाउने छ ।

सम्बन्धित खबरहरु