एजेन्सी । मेक्सिको सिनालोआस्थित मजत्लासन क्षेत्रकी एक ७० वर्षीया महिलाले आफ्नो आठौँ सन्तानलाई जन्म दिँने भएकि छिन् । ७० वर्षकी मारियो डी लालुस अहिले ६ महिनाकी गर्भवती रहेको खबर अहिले भाइरल बनेको छ ।उनको उक्त दाबी धेरैले नपत्याएपछि उनले मिडियामा आफ्नो अल्ट्रासाउण्ड रिपोर्ट नै सार्वजनिक गरेकी छिन् । समाचार अनुसार उनी पहिले नै ७ बच्चाकी आमा हुन् । पाको उमेरमा पुनः गर्भवती भएपछि डाक्टर समेत पनि अचम्ममा परेका हुन् । 

आफूलाई पाइताला दुख्ने र पटक–पटक बान्ता हुनेलगायतका गर्भावस्थाका लक्षण देखिएपछि उनले गर्भ परीक्षणसँगै अल्ट्रासाउण्ड पनि गराएकि छन् । विभिन्न १० वटा क्लिनिकहरूमा गएर परीक्षण गर्दा पनि गर्भको सकारात्मक नतिजा आएपछि मात्र उनलाई आफू गर्भवती भएको यकिन भयो । आफ्नो गर्भमा अहिले छोरी रहेको पनि उनले बताएकी छिन् ।७० वर्षमा गर्भवती हुने मारियो दुनियाँको एक्लो महिला भने होइनन् । भारतको पन्जाबकी दलजिन्दर कन नामकी महिलाले सन् २०१६ मा ७० वर्षको उमेरमा बच्चा जन्माएर विश्वमा सबैभन्दा पाको उमेरमा आमा बन्ने महिलाको कीर्तिमान राखेकी हुन् ।

सम्बन्धित खबरहरु