काठमाडौ । नेपाललाई एक लाख घरेलु कामदार पठाउन साउदी अरबले प्रस्ताव गरेका छन् । उसले श्रम सम्झौता भएपछि तत्कालै एक लाख घरेलु कामदार नेपालबाट लैजाने गरी प्रस्ताव गरेको हो।अहिले श्रम सम्झौता नभएका मुलुकमा नेपाली घरेलु कामदार जान रोकिएको छ । रियादस्थित नेपाली दूतावासले साउदीले एक लाख घरेलु कामदार पठाउने प्रस्ताव गरेको जानकारी दिएको छ ।साउदी अरबका श्रम र सामाजिक विकास मन्त्री डाक्टर अली अल घाफिससँग अघिल्लो साता भएको भेटवार्तापछि साउदीले यस्तो प्रतिक्रिया दिएको र केही समयभित्रै सरकारले यस विषयमा निर्णय लिने दूतावासले जानकारी दिएको हो । 

प्रस्तावको बारेमा अध्ययन र छलफल भइरहेको र त्यो सुरुआती चरणमा रहेको जानकारीमा दिएको छ।नेपालबाट कुनै पनि देशमा घरेलु कामदार पठाउन अहिले रोकिएको छ र कामदार पठाउने नीति संशोधन भएमात्र साउदीको प्रस्तावमा घरेलु कामदार पठाउन भनिएको छ ।नेपालबाट साउदी अरबमा घरेलु कामदार पठाउने कार्य अहिले रोकिएको र दुई देशको बीचमा औपचारिक सहमतिमा हस्ताक्षर भएपछि मात्रै यो अवस्था परिवर्तन हुनेछ तय भएको छ ।प्रति महिना ४५ हजार रुपैयाँ नेपाली तलब घरेलु कामदारले पाउने गरी श्रम सम्झौतामा औपचारिक हस्ताक्षर भएपछि साउदी अरेबियामा प्रस्तावित एक लाख कामदार नेपालले पठाउने भनिएको छ ।

सम्बन्धित खबरहरु