निकम्मा सरकार : उपचारको त कुरै छैन, एक फाँको चामल पनि फालेन

  • जनबोली न्यूज नेटवर्क
  • बिहिबार १७ ब‌ैशाख, २०७२

????????????????????????????????????

जनबोली/ १७ बैशाख, काठमाडौ । काठमाण्डौ लगायत आसपासका क्षेत्रलाई तहसनहस बनाउने गरी गत शनिवार गएको बिनासकारी भुकम्पबाट मृत्युहुनेको संख्या ५ हजार २० पूगिसकेको छ भने घाइते १० हजार नाघिसकेको छ । नेपालको इतिहासमा १९९० पछिको बिधङसकारी भुकम्प पछिको यस भुकम्पलाई लिने गरीएको छ । भुकम्पको त्रास अझै पनि काठमाण्डौ लगायत आसपासका क्षेत्रमा उत्तिकै रहेको छ आज बुधवार घटनाको पाचौ दिन भएपनि भुकम्पको सानातिना धक्काहरु महसुस भइरहेको अवस्थामा ढुक्कले घरभित्र पस्न सक्ने बातावरण बनेको छैन ।

भुकम्पकै कारण काठमाण्डौ छाडनेहरु बिमानस्थल र बसपार्कहरुमा अलपत्र परेका छन । एकातिर आफन्त गुमाएर पिडामा रहेका हजारौ नेपालीहरुको आफनै ब्यथा रहेको छ त यस्तो दुखद घडिमा एक नेपालीले नेपालीलाई गर्नुपर्ने जुन सहयोग हो त्यो पाइएको छैन , ब्यापारीहरु यस्तो बेलामा पनि आफनै फाइदा हेरीरहेका छन तरकारी लगायतको खाद्यान्नहरुको भाउ अचानक मुल्य बढाएका छन । उता बस ब्यवसायीहरु सदाको भन्दा तेब्बर भाडा असुलिरहेका छन । नेपाल सरकारले भुकम्प गए पश्चात नेपालीले पाएको पिडामा मलम त परै जाओस देशमा सरकार छ भन्ने आभाष नै राख्न सकेको छैन ।

यत्रो ज्यादती भइरहेको सबै आखाले देखि देखि पनि मौन बस्दा नेपालको सरकारलाई निकम्मा भन्दा के हुन्छ र ? लाखौ नेपाली सडकमा उत्रिएर लोकतन्त्र स्थापनाका लागि रगत बगाए र अन्तत लोकतन्त्र ल्याएरै छाडे तर त्यही लोकतन्त्रको आभाष हुन नपाई आज फेरी हजारौ नेपालीले यही भुमिमा पुन रगत बगाएका छन । हजारौ यहि भुमिमा मेटिएका छन । तर पनि सरकारको आखा बन्द छ अरुबेला चुस्स केही हुदा आन्दोलनका लागि सडकमा उत्रने नेपाली काङग्रेसको तरुण दल , एमालेको युथफोर्स , एमाओवादीको वाइसियल , लगायत मधेसी जनजाती आदी इत्यादीहरु आज नेपाली शोकमा डुब्दा कुन दुलामा लुकेर बसेका छन ? खैत न्याय हिजो पनि नेपाली जनता अन्यायमा थिए न्यायको खोजीमा कतीले ज्यान गुमाए आज फेरी अधिकार खोज्दा खोज्दै कतिले ज्यान गुमाइरहेका छन त्यो हो आफुले बाच्ने अधिकार ।

यता नेपाली आफैले मानवता गुमाउदै गएका छन भुकम्पबाट बिनास भएका ठाउमा घाइतेहरु ऐया ऐया भनेर चिच्याइरहेका छन उनिहरु अझैपनि आफनो जिवन बाच्छ कि भन्ने आशामा जिउदो भगवानहरु पर्खेर बसिरहेका छन त एता ढलेका र सकिएका संरचनाहरुमा आफनो सेल्फी खिचाउने नेपाली पनि त्यतीकै रहनुले नेपालीको मानवता सकिएछ भन्ने आभास भएको छ ।

????????????????????????????????????

????????????????????????????????????

सम्बन्धित खबरहरु