त्रिपालमुनि घरजम

  • जनबोली न्यूज नेटवर्क
  • बिहिबार १७ ब‌ैशाख, २०७२

palmuni bihe

काभ्रे, वैशाख १७ – मोटरसाइकलबाट ओर्लेर बेहुला नारायण तिवारी महादेवस्थान मन्दिर छिरे । छेवैको घरबाट बेहुली अमिता नेपाल सर्‍याक सर्‍याक हिंड्दै आइन् । अमिता त दुलही भेषमै सजिएकी थिइन् । नारायण भने ज्याकेट, जिन्स पाइन्ट र स्पोर्टस् सुजमा ठाँटिएका थिए ।

शनिबारको भुइँचालोमा उनका सबै लुगाफाटा काभ्रे महादेवस्थान– ४ स्थित घरमा पुरिएका थिए । त्यसो त अमिताको घर पनि कहाा सद्दे थियो र !

बेहुलाबेहुलीले मायाको चिनो साटे । पुरोहित शम्भुप्रसाद गुरागाईंले मन्त्र पढ्दै आशिष दिए । बिहेका सबै रीत पुर्‍याएपछि अमिता र नारायण भुइाचालोपछिको नयाँ जीवनमा प्रवेश गरे ।

महाभूकम्पले सर्वाधिक क्षति गरेको सिन्धुपाल्चोकसँग जोडिएको यो गाविस स्वयंका कुनै घर सद्दे छैनन् । भलै जीवनको नोक्सानी खासै भएन । भत्केका घरभित्र पुरिएका सम्पत्ति, यो दृश्य बिर्साउने गरी अहिलेसम्म कतैबाट कुनै राहत पुगेको छैन । दुलहीकी काकी लीलाले भनिन्, ‘जे नहुनु भइगयो, घरैमा धुमधाम बिहे गराउने रहर थियो, दुवै पक्षको घर भत्किएपछि मन्दिरमा आइयो ।’ आजको कान्तिपुर दैनिकमा खबर छ ।

सम्बन्धित खबरहरु