काठमाडौ । हिन्दु धर्मगुरु आचार्य श्रीनिवासलाई हातहतियार तथा खरखजाना मुद्दामा अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालयले १० दिनको म्याद दिएको छ । आफैंमाथि गोली हान्न लगाएको अभियोग लागेका धर्मगुरु आचार्य श्रीनिवास पूर्पक्षका लागि जेल चलान गरिएको हो ।जिल्ला प्रशासन कार्यालय मोरङमा बुधबार प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको इजलासमा भएको बहसपछि उनलाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।श्रीनिवासलाई हातहतियार खरखजाना ऐन २०१९ को दफा २४ क बमोजिम पूर्पक्षका लागि थुनामा पठाउने आदेश भएको जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जनाएको छ ।आदेशसँगै कडा सुरक्षाकाबीच श्रीनिवासाचार्यलाई जिल्ला प्रशासन कार्यालय मोरङ परिसरबाट निकालिएको थियो । आदेशपछि झुम्का कारागारमा राखिएका छ ।

जिप्रका मोरङको इजालसमा भएको थुनछेक बहसमा धर्मगुरु श्रीनिवासको पक्षबाट अधिवक्ता उद्धबचन्द्र घिमिरेले प्रतिरक्षा गर्दै बहस गरेका थिए भने प्रशासनले भने इनक्वारी बयान लिएको थियो ।धार्मिक हिंसा भड्काउने उद्देश्यले आफैले आफुलाई गोली हान्न लगाएको आरोपमा श्रीनिवासलाई प्रहरीले वैशाख २४ गते काठमाडौबाट पक्राउ परेका थियो ।प्रहरीले धर्मगुरुलाई वैशाख २५ गते जिल्ला प्रशासन कार्यालय मोरङमा हातहतियार तथा खरखजना ऐन अन्तर्गत मुद्दा दर्ता गरेको थियो ।जिल्ला प्रशासन कार्यालयले हेर्ने सो मुद्दाको फैसला भएमा १ वर्ष कैद, १ लाख रुपैयाँ जरिवाना वा दुबै सजाय हुनसक्ने कानुनी व्यवस्था रहेको छ । 

बाराको सिमरा ३ घर भइ सुनसरीको चक्रघट्टीस्थित लक्ष्मी बैंकटेशको आश्रममा बस्ने आचार्य विराटनगर १४ जतुवास्थित रामजानकी मन्दिरमा पुराण वाचनका लागि आएका थिए ।आचार्यमाथि चैत २५ गते बिहान १ः ४५ बजे शौचालय जान निस्केको अवस्थामा गोली प्रहार भएको थियो । उनलाई उनकै सुरक्षा गार्डले गोली प्रहार गरेका थिए । उनी न्यूरो अस्पताल विराटनगरमा २१ दिन उपचार गराएर काठमाडौ गएका हुन् ।साथै गोली हान्ने पनि जेल चलान भएको छन् । यसैबीच श्रीनिवासको निर्देशनमा उनीमाथि गोली हान्ने उनकै अगंरक्षक चितवन भरतपुर ४ का २९ वर्षीय रोशन भन्ने माधब चौधरी र पेस्तोल उपलब्ध गराउने नवलपरासी गैडाकोट ५ का ३२ वर्षीय सन्तोष भन्ने लक्ष्मीराज अधिकारी पनि पूर्पक्षको लागि जेल चलान भएका छन् ।जिल्ला अदालत मोरङका न्यायाधीश नवराज दाहालको इजलासले बुधबार नै चौधरी र अधिकारीलाई पूर्पक्षको लागि थुनामा राख्न आदेश दिएको हो ।आदेशपछि उनीहरुलाई प्रहरीले जिल्ला कारागार मोरङ लगेको छ । उनीहरुलाई मुलुकी ऐन अदालती बन्दोवस्तीको ११८ को दफा २ बमोजिम पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको जिल्ला अदालत मोरङले बताएको छ ।

सम्बन्धित खबरहरु