फेसबुकले दुई दिनमा जुटायो १ अर्ब रुपैयाँ

  • जनबोली न्यूज नेटवर्क
  • शनिवार १९ ब‌ैशाख, २०७२

facebook-news-feed-copyकाठमाडौं । सामाजिक सञ्जाल फेसबुकले दुई दिनभित्र नेपालका लागि अर्ब रुपैयाँ सहयोग जुटाएको छ । कम्पनी आफैंले पनि २० करोड रुपैयाँ थप सहयोग गर्ने भएको छ ।

फेसबुकले ‘नेपाल अर्थक्वक सपोर्ट’ नामक पेज बनाएर प्रयोगकर्तालाई सहयोगको अपिल गरेको छ । जसबाट दुईदिनभित्रै १ करोड अमेरिकी डलर जुटेको हो । सामाजिक सञ्जालमार्फत पहिलो पटक ठूलो रकम नेपालमा सहयोग हुन लागेको छ ।

‘हामीले सबैलाई फेसबुकमार्फत स्थानीय राहत कार्यक्रम सहयोग गर्ने अवसर दियौं,’ फेसबुकका संस्थापक मार्क जुकुरवर्गले आफ्नो पेजमा भनेका छन्, दुई दिनभित्रै ५ लाखभन्दा बढी व्यक्तिले १ करोड डलर सहयोग गरेका छन् ।

सहयोग रकम इन्टरनेशलन मेडिकल कर्पमार्फत गैरनाफामूलक संस्थालाई उपलब्ध गराउने उनले उल्लेख गरेका छन् । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

सम्बन्धित खबरहरु