मृतकका परिवारलाई २–२ लाख दिन एमालेको माग

  • जनबोली न्यूज नेटवर्क
  • बिहिबार २४ ब‌ैशाख, २०७२

 काठमाडौं,२४ बैशाख– नेकपा एमालेले भकम्पमा परी मृत्यु भएका परिवारलाई राहत स्वरुप दुई दुई लाख दिन सरकारसँंग माग गरेको छ । एमाले संसदीय दलको बैठकले यस्तो माग गरेको हो ।

एमाले संसदीय दल अध्यक्ष केपी ओलीको अध्यक्षतामा बिहीबार संविधानसभा भवन नयाँं बानेश्वरमा बसेको बैठकले भूकम्पका कारण विस्थापित एवं गंभीर रुपले प्रभावितका लागि टेण्ट (पाल), जस्तापाता (टिनको छाना), खाद्यान्न, औषधी, लत्ता–कपडा, खानेपानी लगायतका राहत सामाग्री अविलम्ब उपलब्ध गराउन सरकारसंग माग पनि गरेको छ ।
त्यसैगरी बैठकले घर÷आवास पूर्णरुपमा ध्वस्त भएका परिवारहरुलाई एक लाख दरले अविलम्ब राहत रकम उपलब्ध गराउन माग गरेको छ । मृतकका परिवारका सदस्यलाई रोजगारीका लागि प्राथमिकता दिन पनि एमालेले संसदीय दलले माग गरेको छ ।

बैठकले घर पूर्ण रुपमा क्षति भई बस्न योग्य नरहेका परिवारहरुको घर–वास निर्माण गर्ने जिम्मेवारी सरकारले लिनुपर्दछ र त्यसका लागि लाग्ने न्यूनतम आर्थिक दायित्व सरकारले नै बहन गर्नु माग पनि सरकारसँंग गरेको छ ।
ध्वस्त एवं क्षति भएका चाँगुनारायण, धरहरा, वसन्तपुर दरवार, काष्ठमण्डप लगायतकाविश्व सम्पदा सूचीमा सूचीकृत, ऐतिहासिक, पुरातात्वीक, धार्मिक एवं साँस्कृतिक सम्पदाहरुको पनुर्निमाणको जिम्मेवारी बहन गर्न सरकार माग गरिएको छ ।

सम्बन्धित खबरहरु

एक्काइस फरार अभियुक्त पक्राउ
  • सोमबार १२ असोज, २०७७
बालिका ह’त्या गर्ने पक्राउ
  • सोमबार १२ असोज, २०७७