मन्त्रीलाई कालोमोसो दल्ने सभासदको चेतवानी : सरकारको सर्वत्र आलोचना

  • जनबोली न्यूज नेटवर्क
  • शुक्रबार २५ ब‌ैशाख, २०७२

Bikash-Samiti-

जनबोली/ २५ वैशाख, काठमाडौ । जनस्तरबाटै आलोचना भइरहदा भुकम्पका बेला सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै सभासद्ले सरकारको चर्को आलोचना गरेका छन् । संसदको विकास समितिमा सभासद्हरुले महाविपत्तिको बेला सरकारले जस्तो भूमिका निर्वाह गर्नु पथ्यो त्यो गर्न नसकेको भन्दै सरकारको आलोचना गरे । सरकारको नेतृत्व गरेको कांग्रेसका सभासद् महेन्द्र यादवले सरकारले धन्यवाद दिन मिल्ने गरी कुनै काम गर्न नसकेको बताए ।

‘धेरै सभाद्ले सरकारलाई धन्यवाद दिनुभयो, तर यो सरकारले धन्यवाद दिने कुनै कामै गरेको छैन ।’ यादवले भने विपतमा परेका नागरिकलाई पानी र मास्कसम्म उपलब्ध गराउन नसक्ने सरकारको जति नै आलोचना गरेपनि कमै हुन्छ ।’ उनले भने, ‘भाारतीय प्रधानमन्त्रीले नेपालमा भुकम्प गएको भनेर नेपालका प्रधानमन्त्रीलाई खवर गर्छन, र तत्काल मन्त्री परिषद् बैठक समेत बस्न सक्दैन भने यो सरकारबाट के आश गर्ने रु’ अमेरिकाबाट आएको त्रिपाल राम्रो क्वालिटिको भएकाले ठूलाबडाहरु नै आफूले पाउन झगडा गरिरहेको यादवको दावि थियो ।[quote font_style=”italic” bgcolor=”#4df24b”][/quote]

एमाले सभासद् सिता गिरीले अव वर्षाको सिजन शुरु भइसकेकाले सरकारले अव पाल होइन कर्कटपाता विरणमा ध्यान दिनु पर्ने सुझाव दिइन । एमाओवादी सभासद् कर्णबहादुर बिकले सरकारको गैर जिम्मेवारी र निरिह पन देखिएको भन्दै सरकारबाट धेरै आश गर्ने ठाउँ नभएको बताए । सरकारले वितरण गरिरहेको राहातमा पारदर्शिता नभएको भन्दै सरकार गम्भीर हुन नसकेको उनको भनाई थियो ।

मन्त्रीलाई कालोमासो दल्ने दिन आउने छः शेर्पा
एमाले सभासद् आङटावा शेर्पाले सरकारको चर्को आलोचना गरे । उनले अहिलेको सरकार नालायक भन्दै भुकम्प आएको १४ दिन बितिसक्दा समेत सरकारले पाल वितरण गर्न नसकेको बताए । ‘अव म मन्त्रीलाई पनि त्यत्तिकै छोड्दैन, घर घर गएर घुमाइ छाड्छु, उनले भने मन्त्रीलाई अहिले गाली गरेर मात्र हुन्न । कालोमोसो दल्ने दिन आउने छ एक दिन ।’

शेर्पाले सरकारलाई पठाउने हो भने दाल, चामल र नुन पठाउन अन्यथा राहात वितरण गरेको भनेर प्रचार नगर्न आग्रह गरे । उनले आफ्नो रामेछापका स्थानीय विकास अधिकारीले अनुगमनमा जाँदा गाडीसमेत नदिएको भन्दै भने, ‘सभासद् ठूलो कि एलडिओ रु त्यस्तालाई कारवाही गर्ने कि नगर्ने रु’

समितिको निर्देशन
स्थानीय विकास मन्त्री र सचिवहरुसँगको छलफल पनि विकास समितिले सरकारले अहिलेसम्म गरेका पहललाई अझै प्रभावकारी बनाउन निर्देशन । समितिले विपतका बेला सहयोग गर्ने सबैलाई उच्च मूल्यांकन गर्दै धन्यवाद दिएको छ । दु्रत गतिमा पारदर्शी हिसावले राहात वितरण गर्न र वर्षाको समय शुरु हुनै लागेकोले प्रभावितलाई आवासको व्यवस्था गर्न पनि समितिले सरकारलाई निर्देशन दिएको छ ।

पीडितलाई माथिदेखि तलैसम्म एकद्धार प्रणलीबाट वितरण गर्न, नजिकका क्षेत्रमा राहात वितरण गरेर फोटो खिचाई सामाजिक सञ्जालमा प्रचार गर्ने काम पनि भएकाले त्यसलाई रोक्न, रोकिएको सेवा तत्काल शुरु गर्न, विकास निर्माणका कामलाई भूकम्प प्रतिरोधी बनाउन तथा अनुगमन गर्न निर्देशन दिएको छ ।

यस्तो अवस्थामा स्थानीय निकाय आवश्यक पर्ने भएकाले त्यसका लागि राजनीतिक समझ्दारी गरेर तत्काल स्थानीय निकायको चुनाव गर्न पनि समितिले भनेको छ ।

सम्बन्धित खबरहरु

एकैदिन ९ जना मृत अवस्थामा फेला
  • शनिवार १० असोज, २०७७
दुर्घटनामा चार जनाको मृत्यु
  • शनिवार १० असोज, २०७७