केपी ओलीले खाएको एक प्लेट चटपटेको मुल्य ९ हजार

  • जनबोली न्यूज नेटवर्क
  • शनिवार २६ ब‌ैशाख, २०७२

11210219_10203928438481576_206379178_n

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एका विहानै ९ हजारको चना चटपटे खाएका छन् ।

यती धेरै पैसाको चटपटे ओली एक्लैले कसरी खाए होलान् भन्ने चासो तपाईंलाई हुनसक्छ ।

11225589_10203928438121567_2124195333_n

ओलीले नेपाल ल क्याम्पस अघि विद्यार्थीहरुले भुकम्प पीडितको सहयोगार्थ खोलेको चटपटे पसलमा भएर एक प्लेट चना चटपटे खाएका हुन् र त्यसको मुल्य उनले नौ हजार तीरे ।

11225571_10203928438561578_169213418_n

ओलीले भुकम्प पीडितकालागि विद्यार्थीले चलाएको अभियान मन परेकाले आफु आएको बताए । उनीसँगै एमाले नेता रविन्द्र अधिकारी पनि आएका थिए ।

सम्बन्धित खबरहरु