संकटको बेला को आफ्नो-को पराई सबैको गरौ भलाई : ओली

  • जनबोली न्यूज नेटवर्क
  • शनिवार २६ ब‌ैशाख, २०७२

Kp-oli

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा विपद् आइपरेको अवस्थामा सिंगो मुलुक एकजुट हुनुपर्ने आवश्यकता रहेको बताएका छन् । महाभुकम्प पीडितहरुको सहयोगार्थ अनेरास्ववियुका स्वयंम सेवकहरुको विदाई गर्दै अध्यक्ष ओलीले मुलुकमा विपद् आइपरेको अवस्थामा आफ्नो–पराई नभनी सिंगो मुलुक एकजुट हुनुपर्ने बताएका हुन् ।

उनले विपद्वाट देशलाई पुर्नजीवन दिनको लागि दलहरु एकजुट हुनु सकरात्मक भएको वताए । भूकम्प पीडितलाई राहत तथा उद्धारमा संघसंस्था तथा विदेशी मित्र निस्वार्थ भावले लागेपनि केहिले उद्धारको नाममा अवाञ्चित क्रियाकलाप गरेको आरोप लगाए ।

अध्यक्ष ओलीले मनसुन सुरु भएपछि पीडितको पुनस्थापना झन् कठिन हुने भएकोले सरकार सहित सवैले पीडितको पुर्नस्थापनाको लागि तिव्रताका साथ काम गर्नु आवश्यक रहेको बताए । उनले भूकम्प पीडितको सहयोगार्थ खटिएका अनेरास्वनियुका स्वयमसेवकलाई इमानन्दार, अनुशाशित र कर्तव्यनिष्ठ भएर पीडितको उद्धार तथा पुर्नस्थापनामा लाग्न निर्देशन दिए ।

नेकपा एमालेको भातृसंगठन अनेरास्ववियुले भूकम्प पीडित जिल्लामा विभिन्न सात स्वयम् सेवकको टोली परिचालन गरेको छ ।

सम्बन्धित खबरहरु

बालिका ह’त्या गर्ने पक्राउ
  • सोमबार १२ असोज, २०७७
असोजमै पाक्यो सुन्तला !
  • सोमबार १२ असोज, २०७७