पाकिस्तानका चिकित्सक सहित नेपाली विद्यार्थी भुकम्पका घाईतेको उपचारमा सक्रिय

  • जनबोली न्यूज नेटवर्क
  • आईतबार २७ ब‌ैशाख, २०७२

11117706_10205715083949721_2057807366_n

जनबोली/ २६ वैशाख, काठमाडौ । पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थी पाकिस्तानका प्रशिद्ध चिकित्सकका साथ वैशाख १२ गतेको महाविनाशकारी भुकम्पबाट घाईते भइकाहरुको उपचारर्थ नेपालमा खटिरहेका छन । जनबोली डटकमका पाकिस्तान प्रतिनिधि डा. अरुण कुमार सिंह सहित पाकिस्तानमा रहेका नेपाली र उनीहरु अध्ययनरत मेडिकल विश्वविद्यालयका प्रशिद्ध चिकित्सकहरु नेपाली दुर्गम वस्तिमा पुगेर भुकम्पबाट घाईते बनेकाहरुको उपचारमा खटिएका हुन ।

11210311_10205715078749591_802653836_n

डा. अरुणले जानकारी गराएअनुशार किङ्ग इदवार्ड मेडिकल विश्वविद्यालयका भाइस चान्सलर प्रोफेसर डाक्टर फाइसल मसुद सहित विश्वप्रख्यात चिकित्सकहरु टोलीमा सहभागी छन ।

उक्त टोलीले सिन्धुपाल्चोक, नुवाकोट, गोरखा लगायतका स्थानमा उपचार सेवा प्रदान गरिसकेको छ । आइतबार बाट धादिङका विभिन्न स्थानमा उपचार सेवा प्रदान गरिने डा. अरुणले जानकारी दिए । उक्त उपचार मिसनलाई  नेपाल पाकिस्तान मित्रता नामकरण गरिएको छ ।

11216312_10205715083789717_443109866_n

सम्बन्धित खबरहरु