एजेन्सी । ब्राजिलका स्टार खेलाडी नेमार सधैं चर्चाको शिखरमा रहिराख्छन् । ब्राजिलको राष्ट्रिय टोलीका लागि सन् २००० यता उनले ८५ खेलमा ५५ गोल गरिसकेका छन् । यति मात्र होइन यी २६ वर्षीय युवा फुटबलर सन् २०१७ मा बार्सिलोना छाडेर पेरिस सेन्ट जेर्मनका लागि १९६ मिलियन पाउण्डमा अनुबन्धित हुँदा विश्वकै सर्वाधिक महँगा खेलाडी बनेका थिए । जसको प्रतिफल स्वरूप उनले सन् २०१७मा मात्रै पिएसजीका लागि २५ गोल गरे । १८ मिलियन पाउण्ड मूल्य बराबरका कारहरू र ४ मिलियन पाउण्डको प्राइभेट जेटका मालिक नेमार व्यक्तिगत जीवन समेत कम रोचक छैन । उनी सर्वाधिक धनि खेलाडी बनेका छन् र उनको सम्पत्ति अहिले चर्चाको विषय बन्ने गरेको छ ।

कति छ त नेमारको सम्पत्ति ?
सनस्पोर्टले यस वर्षको सुरुमा सार्वजनिक गरेको विवरण अनुसार पीएसजीबाट उनले प्रति हप्ता ६ लाख पाउण्ड कमाउने गर्दछन् । र अझै उनको अनुबन्धका ४ वर्ष बाँकी छन् र वेबसाइट सेलेब्रिटी नेटवर्थका अनुसार उनको वर्तमान तलब ४ हजार पाउण्ड प्रतिघण्टा रहेको छ । बार्सिलोनाको पेद्रालबेस नेबरहुडमा रहेको उनको आवासको प्रतिमहिना खर्च १ लाख ६० हजार पाउण्ड रहेको छ त्यस्तै रियो डे जेनेरियो स्थित सुविधासम्पन्न महलको मूल्य ७ मिलियन पाउण्ड रहेको छ । २ हजार २ सय ६५ वर्गमिटरमा फैलिएको यस महलभित्र ६ वटा लक्जरी सुट, एउटा हेलिप्याड, एउटा स्वीमिङ पुल, टेनिस कोर्ट, जिम जस्ता अत्यधुनिक सुविधा रहेका छन् । यसका अतिरिक्त ब्राजिलको साओ पाउलो राज्यको स्यान्तोसमा समेत उनको घर रहेको छ जसमा स्वीमिङ पुल, साउना जस्ता सुविधा छन् । साथै यसै सहरमा उनको एउटा पेन्टहाउस फ्ल्याट रहेको छ जहाँ उनी आफ्नो परिवारसँग बस्ने गर्दथे । समुद्रतिर फर्केको यस फ्ल्याटको मूल्य ७ लाख ६० हजार पाउण्ड रहेको छ । उनले यो घर आफ्नो छोरा डेभिड लुकाकी आमा क्यारोलाइना डान्तासलाई दिएका छन् । त्यस्तै गुआरुजा नजिकै पर्नाम्बुको बीचस्थित घरको मूल्य १० लाख पाउण्ड रहेको बुझिएको छ । त्यस्तै उनीसँग महँगा महँगा ३ अन्य घर समेत रहेका छन् जसको वर्तमान मूल्य करोडौं पाउण्ड हुन आउँछ ।

नेमारको प्रेम जीवन
केही दिन अघिसम्म नेमार २२ वर्षीय अभिनेत्री ब्रुना मार्केजाइनसँग डेटिङ गर्दै थिए । इन्स्टाग्राममा २ करोड ८० लाख फलोवर्स भएकी ब्रुनाको प्रेममा चुर्लुम्मै डुबेका नेमारले पहिलोपल्ट २०१२ मा एउटा कर्निभलमा ब्रुनालाई भेटेका थिए । त्यसको लगत्तै २०१३ मा छुट्टिएका उनीहरू २०१४ को विश्वकपमा फेरि एक भए । २०१६ मा पनि यी दुईको सम्बन्धमा फेरि चिसोपन देखियो तर उनीहरू फेरि मिलिहाले । तर पछिल्लो पटक नेमारले बार्सिलोना छाडेपछि भने ती दुई फेरि अलग भएका छन् । अहिले नेमार विश्वकपमा व्यस्त छन् र उनकी पूर्व प्रेमिका ब्रुना पनि चर्चा बटुलिरहेकी छिन् । उनले नथिंग रिमेन्स द सेमु भन्ने सिरियलमा सेक्स सिन दिएकी छिन् जसमा उनी सहकलाकर सर्वाङ्ग नग्न भएर यौनक्रिडारत रहेको भिडियो सार्वजनिक भएको छ । ब्रुनाले २०१६ को एउटा अन्तर्वार्तामा नेमार सेक्स एडिक्ट भएको खुलासा गरेकी थिइन् । तर ब्रुना उनकी एक्ली प्रेमिका भने होइनन् । उनले सन् २०१० मा राफेला ल्यान्सेलोटीसँग डेटिङ गरे । उनकी दोस्री प्रेमिकाबाट उनको छोरा डेभिड लुकाकी आमा क्यारोलाइना डान्तास हुन् ।

डेभिड जन्मिने बेला नेमार मात्र १९ वर्षका थिए । त्यसपछि उनका केटी साथीहरूको लामै सूची हुन आउँछ । यस सूचिका केही नामहरूमा फरनान्डा बारोसो, एन्द्रेसा सुइटा, बार्बरा एभान्स, क्यारोल अब्रान्चेस, ड्यानिएल कार्भालो, निकोल बाह्स, ड्यानी स्पेर्ले, क्यारोल बेली आदि बीसौं नामहरू आउँछन् । उनको नाम बेला बेला सेलेना गोमेजसँग समेत जोडिएको थियो । तर उनको सबैभन्दा लामो अफेयर भने ब्रुनासँगको नै मानिन्छ । दुवै प्रेममा निकै गम्भीर रहेको र विवाह गर्न सक्ने चर्चाहरूले समेत कुनै समय बजार तात्ने गर्दथ्यो । दुबैका केही सेक्स टेपहरू समेत सार्वजनिक भएका थिए । नेमार सबैभन्दा धनी स्टार खेलाडी त हुन नै उनी अहिलेका सबैभन्दा बढी लायक अविवाहित पनि हुन् । उनी भनेर हुरुक्कै हुने प्रशंसकहरूको संसारभर कमी छैन ।

सम्बन्धित खबरहरु