बार्सिलोना उपाधी नजिक, रियलको सम्भावना लगभग समाप्त

  • जनबोली न्यूज नेटवर्क
  • आईतबार २७ ब‌ैशाख, २०७२

काठमाडौं । रियल मड्रिड बराबरीमा रोकिदा बार्सिलोना स्पेनिस ला लिगाको उपाधी नजिक पुगेको छ । शनिबारराति भएको खेलमा रियल सोसिडाडलाई २–० ले पराजित गर्दै बार्सिलोना उपाधिको नजिक पुगेको हो ।

बार्सिलोनाको जितमा नेयमार र पेड्रोले एक–एक गोल गरेका थिए । जितसँगै बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडसँगको अंकदुरी ४ अंकले बढाएको छ । शनिबारराति नै भएको अर्को खेलमा रियल मड्रिड भ्यालेन्सियासँग २–२ गोलको बराबरीमा रोकियो । खेलको पहिलो हाफको अन्तिम मिनेटमा गारेथ बेललाई फल गरेपछि रियलले पेनाल्टी पाएपनि क्रिष्टियानो रोनाल्डो गोल गर्न चुकेका थिए ।

बराबरीपछि रियलको उपाधी सम्भावना लगभग सकिएको छ । अब बार्सिलोनाले दुवै खेल हारेको र रियलले दुवै खेल जितेको अवस्थामा मात्रै उसलाई उपाधिको ढोका खुल्नेछ ।

भ्यालेन्सियाले १९ औं मिनेटमा गार्सियाको गोलबाट अग्रता लिएको थियो भने २६ औं मिनेटमा मार्टिनेजले अग्रता दोब्बर पारे ।

पहिलो हाफको अन्तिम मिनेटमा स्टार स्ट्राइकर रोनाल्डो गोल गर्न चुकेका थिए । खेलको ५६ औं मिनेटमा पेपेले गोल गर्दैै रियललाई खेलमा फर्काउने संकेत दिए भने ८३ औं मिनेटमा इस्कोले बराबरी गोल गरेका थिए ।

सम्बन्धित खबरहरु