सिन्धुपाल्चोक तौथलीका भूकम्प पीडितलाई स्थानीय युवाहरुको भरोसा

  • जनबोली न्यूज नेटवर्क
  • आईतबार २७ ब‌ैशाख, २०७२

sindhupalchok

जनबोली/ २७ वैशाख, काठमाडौं । गत बैंशाख १२ गतेको महाभूकम्प पिडितहरुलाई सहयोग गर्ने हातहरु निरन्तर लागी रहेका छन् । यसैक्रममा सिन्धुपाल्चोकको तौथली गाबिसमा पनि निजी क्षेत्रबाट सहयोग पुगीरहेको छ । स्थानिय युवा समाजसेवी राम श्रेष्ठको पहलमा लालुपाते फाइनान्स तथा प्राइम फाइनान्स पोखराका अध्यक्ष अनिल जोशि लगाएत अनिल श्रेष्ठ, टिका श्रेष्ठ, भुशन श्रेष्ठ, शुरेश श्रेष्ठ ,भिम बहादुर श्रेष्ठ, रबिन श्रेष्ठ लगाएतले उक्त क्षेत्रमा राहत कार्य पुराईरहेका छन् । उक्त क्षेत्रमा रहेका करिव ६ सय घर परिवारलाई उनीहरुले प्रत्यक्ष राहत पुग्ने सामाग्रीहरु बितरण गर्दे आएका हुन् ।

त्यस्तै उक्त कार्यमा पत्थरशनिश्चर युवा क्लब , रक्तकाली क्लव र सिर्जनसिल युवा क्लबका सुरज मगर र महेश श्रेष्ठले पनि राहत पुराउनका लागी अबरुद्ध सडक खुलाउने कार्यमा सहयोग पुराएका छन् ।
उनीहरुले पाल त्रिपाल , खाद्यान्न सामाग्री , औषधी तथा दैनिक उपभोग्य समाग्रीहरु समेत पिडितहरुलाई पुराईरहेको भन्दै युवा समाजसेवी राम श्रेष्ठ संकटका बेला सबैलाई आफ्नो गाउघरमा सहयोग गर्न अपिल समेत गरेका छन् ।

सम्बन्धित खबरहरु