यमनमा पूर्व राष्ट्रपतिको घरमा हवाइ आक्रमण

  • जनबोली न्यूज नेटवर्क
  • आईतबार २७ ब‌ैशाख, २०७२

जनबोली/ २७ वैशाख  – यमनको राजधानी सनामा साउदी अबर नेतृत्वको गठबन्धन सेनाले पूर्व राष्ट्रपति अली अब्दुल्ला सालेहको घरमा आक्रमण गरेको छ । गठबन्धन सेनाले पूर्व राष्ट्रपति सालेहको घरलाई निसाना बनाएर आक्रमण गरेको हो ।

हवाई आक्रमणका कारण त्यस क्षेत्रबाट ठूल्ठूला आवाज आएको तथा आकाशमा धुवाँको मुस्लो देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ । सेनाले आक्रमण गरेका बेला पूर्व राष्ट्रपति सालेह घरमा नरहेको बताइएको छ ।

पूर्व राष्ट्रपति सालेहले यमनमा नियन्त्रण कायम गर्न संघर्ष गरिरहेको हुती बिद्रोहीको समर्थन गर्नु भएको छ । साउदी अरब नेतृत्वको खाडी देशको गठबन्धनले राष्ट्रपति अब्द रब्बु मन्सुर हादीको सरकारको समर्थन गरी हुती बिद्रोही विरुद्ध आक्रमण गर्दै आएको छ ।

संयुक्त राष्ट्रसंघले भने यो आक्रमणको विरोध गर्दै आएको छ । आक्रमणले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको राष्ट्रसंघले बताएको छ ।

– एजेन्सीको सहयोगमा

सम्बन्धित खबरहरु