१४ जिल्लामा मात्र करिब ४ अर्ब मूल्य बराबरको खाद्यान्न नष्ट

  • जनबोली न्यूज नेटवर्क
  • सोमबार २८ ब‌ैशाख, २०७२

काठमाडौ । भूकम्पले बढी क्षति पुर्याएको १४ जिल्लामा मात्र करिब ४ अर्ब मूल्य बराबरको खाद्यान्न नष्ट भएको कृषि विकास मन्त्रालयले जनाएको छ । जिल्लामा सञ्चित गरी राखिएको १ लाख ३२ हजार मेटि्रक टन खाद्यान्न भूकम्पका कारण नष्ट भएको कृषि विकास मन्त्रालयका सहप्रवक्ता शंकर सापकोटाले जानकारी दिए । नष्ट भएका खाद्यान्नहरु धान, चामल, मकै, कोदो, गहुँ लगायत खाद्यान्न रहेको अभियान दैनिकमा खबर छ ।

मन्त्रालले प्रतिकेजी ३० रुपैयाँका दरले नष्ट भएका खाद्यान्न ३ अर्ब ९६ करोड रुपैयाँ मूल्इ बराबरको भएको जानकारी दिएको हो ।

सम्बन्धित खबरहरु